Logo

नेपाल लाइफ इन्स्योरेन्सद्वारा देशकै एक नम्बर बीमा कम्पनी भएको दावी, प्रस्तुत गर्यो यस्ता आधार

नेपाल लाइफ इन्स्योरेन्सद्वारा देशकै एक नम्बर बीमा कम्पनी भएको दावी, प्रस्तुत गर्यो यस्ता आधार



काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनी भएको दावी गरेको छ । नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार माध्याम मार्फत नेपालकै नं.१ अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै सो दावी गरेको हो । 

कम्पनीले प्रस्तुत गरेका तथ्य परक जानकारीहरुका अनुसार आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग ११८.७६ अर्बको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी, ७.१९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको छ । साथै अधिकांश सुचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल सावित भएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले जनतामा जीवन बीमाको महत्वका बारे सचेतना जगाउने उद्देश्यका साथ पुष ६ गते देखि “नेपालकै नं. १” अभियान सार्वजनिक गरिएको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले बताए । अभियानमार्फत कम्पनीलाई यस उचाईँ सम्म पु¥याउन उल्लेख्य सहयोग तथा सहकार्य पु¥याएका शेयरहोल्डर्स, कर्मचारी, अभिकर्ता लगायत प्रत्यक्ष/परोक्षरुपमा भूमिका खेल्नुहुने सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवादका साथै कृतज्ञता ज्ञापन गर्नु पनि यसको उद्देश्य रहेको उनले जानकारी दिए । 

समग्र जनता माझ जीवन बीमाको महत्व तथा आवश्यकताका बारेमा सचेतना फैलाउदै । जीवन बीमाले आफू लगायत आफू सम्बद्धको भविष्यको सुनिश्चितताका लागि प्रदान गर्ने सुविधाहरु सबैले जानुन् र यसलाई विकल्प भन्दापनि आधारभूत आवश्यकताका रुपमा हेरुन् भन्ने चाहना रहेको नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले बताएका छन् । स्थापना कालदेखि आजका मितिसम्म आई पुग्दा तपाइहरुको निरन्तर विश्वास र भरोसाका कारण नेपाल लाइफ इन्स्योरेन्स नेपालकै नं. १ जीवन बीमा कम्पनीका रुपमा स्थापित भएको पनि उनले बताएका छन् । साथै उनले समस्त ग्राहक, शेयरहोल्डर्स, कर्मचारी, अभिकर्ता लगायत समग्र सरोकारवालाहरु प्रति कृतज्ञता ज्ञापन गरेका थिए ।

कम्पनीको सफलताका बारेमा तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै जनता माझ जीवन बीमाका बारेमा सचेतना फैलाउने उद्देश्यका साथ पुष ६ गतेदेखि सञ्चालनमा ल्याइएको यस “नेपालकै नं. १” अभियान मार्फत नेपाल लाइफका लागि ग्राहक तथा लक्षित वर्गको अझ धेरै विश्वास प्राप्त हुने कम्पनीको विश्वास छ । साथै योजना मार्फत कम्पनीले हात पारेको यो उचाइलाई भविष्यमा पनि निरन्तरता प्रदान गर्न उल्लेख्य सहयोग मिल्नेप्रति कम्पनी विश्वस्त रहेको नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL