Logo

आईएमई लाइफ इन्स्योरेन्सको बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न, विभिन्न विधामा सम्मान

आईएमई लाइफ इन्स्योरेन्सको बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न, विभिन्न विधामा सम्मान



काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक रुपमा आयोजना गरिने बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न गरेको छ । ह्यान्ड इन ह्यान्ड फर एन एक्सेलेन्ट फ्युचर भन्ने नारा सहित सम्पन्न भएको उक्त कार्यक्रममा देशभरी रहेका २४,५०० अभिकर्ताहरुमध्ये कार्यक्रममा आर्थिक वर्ष २०७७र०७८ सालमा उत्कृष्ट कार्य सम्पादन गरी आईएमई लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २०० जना क्लब दाबेदार, उत्कृष्ट ८ एजेन्सी मेनेजर, ३२ एमडीआरडीमा योग्य अभिकर्ता, अभिकर्ता , विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरु र कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

laxmi

आईएमई लाइफ इनस्योरेन्स कम्पनीका अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा अन्र्तराष्ट्रिय ट्रेनरद्वारा एमआरडीटिलाई केन्दबिन्दु बनाई प्रशिक्षण दिइएको थियो । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यमा आईएमई लाइफ इन्श्योरेन्स कम्पनी सदैव तयार रहेको बताउँदै यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताएका छन् ।

कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको फुयाँलले बताएका थिए । उनले आगामी दिनहरुमा बीमामा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नकालागि सबै उपस्थित अभिकर्तालाई प्रेरित गरेका थिए ।

त्यस्तै कम्पनीका अध्यक्ष डा राम हरि अर्यालले बीमा अभिकर्ता सम्मानजनक पेशा भएको र राष्ट्रको लागि योगदान पु¥याएको बताएका थिए । समापनको अवसरमा संचालक अश्विीनी कुमार ठाकुरले कम्पनीलाई आजको अवस्थामा ल्याई पु¥याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सम्बन्धित सबै प्रति कृतज्ञता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL