Logo

नेशनल लाइफ इन्स्योरेन्सको सावधिक अमृत बीमालेख सुरू, बीमित वर्गको आयश्रोत, बचत र सुरक्षालाई ध्यान

नेशनल लाइफ इन्स्योरेन्सको सावधिक अमृत बीमालेख सुरू, बीमित वर्गको आयश्रोत, बचत र सुरक्षालाई ध्यान



काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित वर्गको आयश्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यान दिँदै जीवन श्री सावधिक अमृत बीमालेख नामक नँया सावधिक बीमा योजना सुरु गरेको छ ।

laxmi

कम्पनीको पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले सो बीमालेखको शुभारम्भ गरेकी हुन् ।

कम्पनीका अनुसार बीमाको अवधि समाप्ति पछि ८० वर्ष उमेर सम्म बीमाङ्कको ९ प्रतिशतका दरले प्रत्येक वर्ष आयश्रोतको रुपमा उपलब्ध हुने यस बीमालेखवाट बीमितलाई ८० वर्ष उमेर पछि प्राप्त गर्ने बीमाङ्क रकम र आर्जित वोनसले आफु र आफूप्रति आश्रित व्यक्तिलाई समेत आर्थिक सहयोग पुग्ने छ । यसरी यस बीमालेखवाट बीमितको अतिरिक्त आयश्रोत सुनिश्चित हुन्छ भने सँगसँगै बचत र सुरक्षा पनि उपलब्ध हुनेछ ।

आफ्नो आयस्रोत अनुसार रु.५० हजार देखि माथि सम्मको बीमा गर्न सकिने यस योजनामा सहभागी बीमितको जुनसुकै बेला मृत्यु भए पनि परिवारजनलाई एक मुष्ठ बीमाङ्क र वोनस प्राप्त हुनेछ ।

यस बीमालेखमा ऋण सुविधा समेत रहेकोले बीमितको तरलताको ब्यवस्थापनमा योगदान पुग्ने छ । मुनाफामा सहभागि हुने यस बीमालेखवाट बीमितलाई आकर्षक प्रतिफल समेत प्राप्त हुनेछ ।

जोखिम बहन पनि हुने र बचत पनि हुने यस बीमा योजनावाट अवकाश जीवनलाई सुरक्षित र ब्यवस्थित बनाउन सहयोग पुग्नेमा कम्पनी विश्वस्त छ ।

प्रतिक्रिया दिनुहोस्
MBL