Logo

दराजको ०२१ को अन्तिम बिक्री अभियान १२.१२, भाउचरदेखि सिपिङसम्मका अफर

दराजको ०२१ को अन्तिम बिक्री अभियान १२.१२, भाउचरदेखि सिपिङसम्मका अफर



काठमाडौं । ई–कर्मशमा आधारित खुद्रा बिक्रेता अनलाइन दराजले सन् २०२१ को अन्तिम बिक्री अभियान ‘दराज १२.१२’ शुरू गरेको छ । नेपालकै अग्रणी अनलाइनबजार दराजले यो अभियान २४ मंसिर मध्यरात (११ डिसेम्बर) देखि शुरू गरेको हो ।

१२.१२ मा दराजउपभोक्ताहरूले विशेष छुट, चार हजार रुपैयाँसम्मको मेगा भाउचर र बैंक कार्डमार्फत अधिकतम १० प्रतिशत (दुई हजार रुपैयाँ) सम्म छुट लाभ उठाउन सक्ने दराजले जानकारी दिएको छ । दराजका अनुसार सेल अभियानमा सनराइज बैंक, एनएमबी बैंक, बैंक अफ काठमाडौँ, सिटिजन्स बैंक र एभरेष्ट बैंकका कार्ड धारकहरूले क्रेडिट कार्डमार्फत १० प्रतिशत (अधिकतम दुई हजार रुपैयाँ) र डेबिट कार्डमार्फत १० प्रतिशत (अधिकतम एक हजार रुपैयाँ) प्राप्त गर्न सक्नेछन् ।

अभियान अवधिभर ग्राहकहरूले आफ्नो ईसेवा र आईएमई–पे वालेटमार्फत भुक्तानी गर्दा सीमित समयभित्र १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) सम्मको विशेष छुट पनि प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ । यस वर्षको १२.१२ मा फिलिप्स, सामसंग, लेनोभो, एर्क, लोट्टो र सीजी डिजिटल साथै अन्य धेरैका उत्पादनहरूमा ६० प्रतिशतसम्म छुट रहेको कम्पनीको दाबी छ । यस बाहेक ग्राहकहरूले फ्याशन, इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरूजस्ता विभिन्न वर्गहरूमा फैलिएका १३ लाखभन्दा बढी उत्पादनहरूमा पनि विशेष डिल र अफरहरू प्राप्त गर्न सक्ने जानकारी दिइएको छ ।

‘दराज ११.११ दराज र यसका सबै साझेदारहरूको लागि एक रेकर्ड–ब्रेकिङ अभियान थियो । हामी यस्तो कीर्तिमान हासिल गर्न पाउँदा धेरै खुसी छौं, हामी अब एउटा अन्तिम अभियान १२.१२ को साथ २०२१ लाई समेट्न चाहन्छौं,’ दराज नेपालका एमडी लिनो अलरिङ्गले भनेका छन् ।

यो सेल अभियानमा ‘एक खेल एक रुपैयाँ’ योजना पनि समावेश गरिएको छ । जसअन्तर्गत ग्राहकहरूले एक रुपैयाँमै श्री बालाजीको हिराको टप, एन्या गितार, रियल मिनार्जो, हाइग्राउण्ड एडभेन्चर जिपलाइनर बन्जी र वर्ल्ड लिंकको ३०० एमबिपीएस इन्टरनेटसहित १२ महिनासम्म टिभी च्यानल सुविधा जित्ने मौका पाउनेछन् । खेलमा सहभागी हुन ग्राहकहरूले डेबिट÷क्रेडिट कार्ड वा आईएमई–पेमार्फत एक रुपैयाँ पूर्व–भुक्तानी गर्नुपर्छ । ग्राहकहरूले नजितेमा रकम फिर्ता गरिने दराजले जनाएको छ ।

त्यसैगरी, दराजका नयाँ प्रयोगकर्ताहरूले १२.१२ मा किनमेल गरेबापत रियलमी ८ स्मार्टफोन जित्ने मौका पनि पाउनेछन् । यसका लागि दराजमा साइनअप गरी आफ्नो पहिलो अर्डर राखेबापत प्रयोगकर्ताहरू स्मार्टफोन जित्न योग्य हुने दराजले जनाएको छ । १२.१२ मा किनमेल गर्ने ग्राहकहरूले मेगा–गिभवे अन्तर्गत बाल्ट्राको फ्रन्ट लोडिङ १० केजी वाशिङ मेसिन जित्ने मौका रहेको पनि सो कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL