Logo

शौर्य सिमेन्टको विवाहपञ्चमीमा शिविर, १० हजार बढीलाई सेवा प्रदान

शौर्य सिमेन्टको विवाहपञ्चमीमा शिविर, १० हजार बढीलाई सेवा प्रदान



काठमाडौं । जनकपुरधाममा भएको विवाहपञ्चमी महोत्सवमा शौर्य सिमेन्टको प्रायोजन र विजयलक्ष्मी मिडिया फाउन्डेशनको आयोजनामा निशुल्क शिविरको आयोजना गरेको छ । विवाहपञ्चमी महोत्सवमा आउने दर्शनार्थीहरुको सेवा सत्कारको लागि शिविरको आयोजना गरिएको थियो।

laxmi

शौर्य सिमेन्टबाट आयोजीत उक्त नि शुल्क शिविरमा दर्शनार्थीहरुको लागी चिया पानीको व्यवस्था गरिएको थियो । सेवा भावले आयोजना गरिएको उक्त शिविरबाट १० हजार भन्दा बढि व्यक्तिलाई सेवा प्रदान गरिएको थियो ।

मंसिर २२ गते भएको रामसीता विवाहोत्सवमा नेपाल र भारतका विभिन्न स्थानहरुबाट दर्शनार्थिहरु आउने गर्दछन् साथै प्रत्येक वर्ष अयोध्याबाट जन्ती आउने गर्दछन् । यस अवसरमा जनकपुरधाममा जानकी मन्दिरले विभिन्न वैवाहिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

साथै यस अवसरमा शौर्य सिमेन्टको नाटक पनि जनकपुरधामको राम चौकमा मंचन गरिएको थियो साथै शौर्य सिमेन्टबाट सोधिएको प्रश्नहरुको सहि जवाफ दिने विजेताहरुलाई शौर्य सिमेन्टको तर्फबाट टिसर्ट पनि बाँडिएको थियो ।

साथै शौर्य सिमेन्ट मिथिला मधेशको उत्पादन रहेको हुनाले मिथिलाको कला संस्कृति परम्परामा कदम मा कदम मिलाउदै सदैव सेवा भावका लागी तत्पर रहने शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL