Logo

डुकुछापमा डिशहोमको नयाँ स्याटेलाइट टेलिपोर्ट, प्राविधिक अथवा प्राकृतिक अवरोधमा पनि सेवा सुचारु हुने

डुकुछापमा डिशहोमको नयाँ स्याटेलाइट टेलिपोर्ट, प्राविधिक अथवा प्राकृतिक अवरोधमा पनि सेवा सुचारु हुने



काठमाडौं । डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको छ । छ्यासीकोस्थित टेलिपोर्टबाटसेवा दिँदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि दोस्रो स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको जानकारी दिएको छ ।

कुनै पनि प्राविधिक अथवा प्राकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो स्याटेलाइट टेलिपोर्ट स्थापना गरिएको कम्पनीले जनाएको छ ।

छ्यासीकोटमा रहेको डिशहोमको स्टेशनबाट फाइबर केबलको माध्यमबाट डुकुछापमा स्थापना भएको स्याटेलाइट टेलिपोर्टसम्म पुर्याइनेछ । नयाँ पोर्टबाट टेलिभिजनका सिग्नल स्याटेलाइटमा अपलिंक गरेपछि प्रशारण गर्न सकिने डिसहोमको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL