Logo

केएल दुगड समूह अन्तर्गतको स्वस्तिक आयललाई उत्कृष्ट निर्यात कम्पनीको सम्मान

केएल दुगड समूह अन्तर्गतको स्वस्तिक आयललाई उत्कृष्ट निर्यात कम्पनीको सम्मान



काठमाडौँ । केएल दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिलाई उत्कृष्ट निर्यात कम्पनीको रुपमा सम्मान गरिएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यात गरी देशको व्यापार घाटा न्युन गर्न योगदान पुर्याई उत्कृष्ट निर्यातकर्ता भएको भन्दै मोरङ व्यापार संघले सम्मान गरेको हो ।

संघको ६५ औँ वार्षिक साधारण सभा समारोहमा अर्थमन्त्री जनार्दन शर्माले स्वस्तिक आयलका सञ्चालक विकास दुगडलाई प्रदान गरेको हो ।

स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेल जस्ता गुणस्तरीय तथा लोकप्रिय तेलहरु उत्पादन गरि बिक्रीवितरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL