Logo

होन्डाको नयाँ एमेज कार नेपाली बजारमा : स्टाइल, पर्फमेन्स र सुरक्षाको संयोजन

होन्डाको नयाँ एमेज कार नेपाली बजारमा : स्टाइल, पर्फमेन्स र सुरक्षाको संयोजन



काठमाडौँ । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले होन्डाको एमएमसी एमेज २०२१ कार नेपाली बजारमा सार्वजनिक गरेको छ ।

स्टाइल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी शानदार इन्टेरियरस्ले युक्त यो कारमा एड्भान्स एलईडी प्रोजेक्टर हेडल्याम्प र त्यसैमा एकीकृत रहेको एलईडी डीएलआर एसका साथै एड्भान्स फ्रन्ट फग ल्याम्पजस्ता आकर्षक विशेषता रहेको कम्पनीले जनाएको छ ।

यस कारको अर्को प्रमुख विशेषता भनेको यसमा भएको डायमण्ड कट् टू टोन मल्टी स्पोक आर–१५ एलोए व्हीलस् हो । त्यसैगरी यस एमेज २०२१ मा गाइडलाइन सहितको रियर मल्टीभियू क्यामेरा रहेको छ ।

कम्पनीका अनुसार यस कारले सुरक्षाका लागि एनसीएपी बाट ४ स्टार सेफ्टी रेटिङ्ग समेत प्राप्त गरेको छ । यसका साथै यस कारमा पहिलो पटक आफ्नो क्लासमा पेट्रोल र डिजल दुवै भेरियन्टमा ७ स्पिड सीभीटी गियरबक्स् रहेको छ ।

यस कारमा रहेको स्ल्कि सोलिड विङ्ग फेस फ्रन्ट ग्रिलले यसको डिजाइनलाई अझ आकर्षित गरेको छ । अटोमेटिक हेडलाइट कन्ट्रोलका साथ लाइट सेन्सर, प्रिमियम सी–सेप्ड एलईडी कम्बिनेसन ल्याम्प, क्रोम डोर ह्याण्डल जस्ता यस कारका अन्य विशेषतासमेत रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL