Logo

जिडब्लुएमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरु, प्रत्येक ग्राहकले आकर्षक उपहार पाउने

जिडब्लुएमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरु, प्रत्येक ग्राहकले आकर्षक उपहार पाउने



काठमाडौँ । ग्रेट वाल मोटर्स (जिडब्लुएम) गाडीहरुको नेपालको लागि आधिकारिक विक्रेता भिजी इम्क्पेक्स प्रालिले आफ्नो दुई एसयूभी हरु (थर्ड जेनेरेशन) हवाल एच सिक्स र हवाल जोलायन का साथै पीक–अप पावर को ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना गरेको छ ।

मंसिर ९ देखि सुरु भएको यो क्याम्प मंसिर १४ गतेसम्म चल्ने छ । यस क्याम्पमा इच्छुक जोसुकै पनि सहभागी हुन सक्नेछन् । क्याम्पमा सहभागी हुन थापाथलीस्थित ग्रेट वाल मोटर्स को शाोरुममा गएर बिहान १० बजेदेखि बेलुका ५ बजेभित्र निःशुल्क टेस्ट ड्राइभ तथा एक्सचेन्जको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । जिडब्लुएमको फेसबुक पेज  मार्फत पनि सहभागीताका लागि बुकिङ्ग गर्न मिल्ने कम्पनीले जाएको छ ।

टेस्ट ड्राइभका लागि आउने प्रत्येक ग्राहकले आकर्षक उपहारका साथै ४३ इन्चको एमआई स्मार्ट टीभी जित्ने मौका पाउने छन् । यस क्याम्पअन्र्तगत ग्राहकहरुले गाडी एक्सचेन्ज गरी बुकिङ्ग गर्न सकिनेछ र आकर्षक बोनस, नगद छुट, निःशुल्क एसेसोरिज र सहज फाइनान्सिङको सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । सबै ग्राहकहरुलाई गाडीहरुको विशेषता र फाइनान्सिङको बारेमा जानकारी गराउन अनुभवी विज्ञहरु उपस्थित रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL