Logo

नागरिक लगानी कोषद्धारा एक करोड ६८ लाख कोभिड मुत्यु भुक्तानी

नागरिक लगानी कोषद्धारा एक करोड ६८ लाख कोभिड मुत्यु भुक्तानी



काठमाडौं । नागरिक लगानी कोषले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस, कोभिड १९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई एक करोड ६८ लाख रुपैँया भुक्तानी गरेको छ ।

कोभिड–१९ को सुरुवात देखि नै कोभिडबाट मृत्यु हुनेहरुका आश्रित परिवारलाई राहत पुरयाउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैया उपलब्ध गराउने कोषले निर्णय गरेको थियो । सोही क्रममा कोषले २०७८ साउन ५ सम्म कोभिडबाट मृत्यु हुनेहरुलाई उक्त रकम उपलब्ध गराउदै आइरहेको छ ।

कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाहरुका ८४ जना सहभागीका कानुन अनुसारका हकवालालाई कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो ।

उक्त शाखाका बरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुको श्रीमती पार्वती थारुलाई २ लाख रुपैयाँको चेक हस्तारण गरे । चेक प्राप्त गरेपछि थारुले कोषबाट प्राप्त उक्त रकमले आफुलाई राहत पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL