Logo

सेल्सबेरीको दशैं तिहार अफरको बिजेता बने श्रेष्ठ, जिते यामाहा फेसिनो स्कुटर

सेल्सबेरीको दशैं तिहार अफरको बिजेता बने श्रेष्ठ, जिते यामाहा फेसिनो स्कुटर



काठमाडौं । दशैं तिहारको अवसर पारेर सेल्सबेरीले यामाहासंगको सहकार्यमा आयोजना गरेको एक महिने अफरको विजेता घोषणा गरिएको छ । सो अफर सेल्सबेरी डिपार्टमेन्ट स्टोर र सेलवेज पोखरामा संचालन गरिएको थियो ।

laxmi

टीभी, फ्रिज, वाशिङ्ग मेशिन वा ओभनको खरिदमा यामाहा फेसिनो १२५ जित्ने अवसर भएको यस अभियानको बिजेता छनौट सेल्सबेरीको प्रधान कार्यालय, सातदोबाटोमा एक समारोहकाबीच गरिएको थियो । यस योजनाको भाग्यसाली विजेता प्रजेशलाल श्रेष्ठ बनेका छन् ।

उक्त योजनाको भाग्यशाली विजेताकोे घोषणा सेल्सबेरीका सिओओ रमेश कार्की, पोखरा प्रदेसका प्रबन्धक, दयाल गिरी, यामाहाकी मार्केटिंग म्यानेजर बिबेचना श्रेष्ठ र ब्रान्ड अफिसर भारती आचार्यको उपस्तिथिमा गरिएको थियो र बिजेतालाई सेल्सबेरी तथा यामाहा टिम बाट हार्दिक बधाई । आगामी दिनहरुमा पनि सेल्सबेरीको अन्य अभियान तथा अफरहरु सार्वजनिक गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL