Logo

शिवमले घोषणा गर्‍यो २९ प्रतिशत नगद लाभांश, यो वर्ष बोनस नदिने

शिवमले घोषणा गर्‍यो २९ प्रतिशत नगद लाभांश, यो वर्ष बोनस नदिने



काठमाडौं । शिवम् सिमेन्टले आफ्ना लगानीकर्ताहरुलाई २९ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको प्रतिफलबाट उक्त नगद लाभांश प्रस्ताव गरेको हो । बोनस सेयर पारित गर्नका लागि कम्पनीले कात्तिक १६ गते साधारणसभा डाकेको छ ।

यसपटक लगानीकर्तालाई शिवमले बोनस सेयर नदिने भएको छ । कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । कुल चुक्ता पुँजीबाट लगानीकर्तालाई लाभांशमार्फत २७ करोड ६० लाख रुपैयाँ नगद वितरण गर्ने भएको हो । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ३९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL