Logo

कोका–कोलाको ‘सस्टेनेबिलिटी हाइलाट्स–२०२०’ रिपोर्ट सार्वजनिक

कोका–कोलाको ‘सस्टेनेबिलिटी हाइलाट्स–२०२०’ रिपोर्ट सार्वजनिक



काठमाडौँ । कोका–कोलाले नेपालमा पहिलो पटक आफ्नो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टले सन् २०२० मा समावेशी, दिगो र उज्ज्वल भविष्यको लागी कम्पनीले गरेका कामहरुलाई समेटेको छ । रिपोर्टले पानी व्यवस्थापन, प्लास्टिक रिसाइक्लिङ्ग, कार्बन कटौती, कोभिड–१९ को बेलाको प्रतिक्रियासहित कर्पोरेट नागरिकताका व्यक्तिलाई फाइदा पुर्याएको छ । यसमा युवा, महिला, आपूर्तिकर्ता र कर्मचारीहरु सामेल रहेको जनाएको छ ।

कोका–कोलाले एक दशकदेखि गर्दै आएको यस्ता कार्यले संयक्त राष्ट्र सङ्घकोे १७ वटा दिगो विकास लक्ष्य प्राप्तीमा सघाउने जनाएको छ । नेपालका लागि कोका–कोला कम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने– ‘कोका –कोलाको प्रणालीले व्यापार वृद्धि गर्न दिगोपनलाई एक सर्तको रुपमा लिएको छ । १९७३ देखि, हामी कोका–कोलालाई हरेक नेपालीको रिफ्रेसमेन्टको पहिलो रोजाइको बनाउने व्यवसायमा अघि बढेका छौंँ । ४० वर्षभन्दा बढी समयदेखि हामीले एक कम्युनिटी ड्रिभन, कस्टोमर फोकस्ड रहेको साथै सबैका लागि लाभदायक रहने दिगो व्यवसाय निर्माण गर्न प्रयास गरिरहेका छौँ ।’

कोका–कोलाको व्यापार र कोक समुदायका मानिसको स्वास्थ्यमा महत्वपूर्ण रहेको रहेको सुरक्षित पानी सुनिश्चित गर्ने क्रममा पानीको स्रोतहरुको सम्मान र संरक्षण गर्ने जिम्मेवारी लिएको लिएको जनाएको छ । नेपालमा कोका–कोलाले २०० प्रतिशतभन्दा बढी पानी पुनर्भरणको क्षमता हासिल गरेको जनाएको छ । यसमा वर्षाको पानी सङ्कलन, पानीको भूमिगत प्रवाह र वाटर एड र स्मार्ट पानीसँगको वाटरशेड पुनःस्थापना साझेदारी जस्ता परियोजना अघि सारेको जनाएको छ ।

कोका–कोलाले पेय पदार्थको उत्पादनमा प्रयोग हुने पानीको प्रत्येक थोपाको हिसाब गरी नेपालीलाई त्यसको दोब्बर सुरक्षित पानी उपलब्ध गराउने जनाएको छ । सन् २०१८ मा कोका–कोलाले विश्वव्यापी रूपमा ‘वल्र्ड विथआउट वेस्ट’ अर्थात् ‘फोहररहित विश्व’ अभियानको घोषणा गरेको थियो । यसको उद्देश्य सन् २०३० सम्ममा बेचिएका सबै बराबरको बोतल र डिब्बाहरुलाई सङ्कलन र रिसाइक्लिङ गर्ने थियो । यसको ग्लोबल भिजनको समर्थनमा कोका–कोलाले ‘वल्ड विथआउट वेस्ट’का उद्देश्यलाई प्राप्त गर्न आगामी धेरै परियोजना ल्याउने जनाएको छ ।

नगरमित्र, रिसाइक्लर साथी र क्रिएशन, हिमालयन क्लाइमेट इनिसिएटिभ, डोको रिसाइक्लर्स र ब्लू वेस्ट टु भ्यालुको संयोजनमा रिफ्रेस र रिसाइकल जस्ता परियोजना अघि बढाउने कोकाकोलाले जनाएको छ । काठमाडौँका दुई र काठमाडौं बाहिरका ७ नगरपालिकामा यी अभियान सञ्चालन गर्ने जनाएको छ । कोकाकोलाले नेपाली सेनाँग दुई वर्षसम्म ‘हिमाल सफाइ अभियान’का लागि सहकार्य गरेको छ । यो बहुपक्षीय अभियानमार्फत नेपालका हिमाललाई सफा र सुरक्षित गरी जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने अभियानको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

कोका–कोलाले आफ्नो पोर्टफोलियोमा प्रयोग हुने पीईटीलाई घटाउन अफोर्डेबल स्मल स्पार्कलिङ प्याकेज (एएसएसपी) टेक्नोलोजीको माध्यमबाट ‘पोलिइथाइलीन टेरेफ्थलेट (पीईटी)’ बोतलको तौल हल्का बनाएको छ । यसले ग्रहहरुलाई सफा बनाउन आफ्नो प्याकेजिङको रि–इमाजिनिङ गरिरहेको छ । कम्पनीका अनुसार डिजाइन इनोभेसन र हल्का वजनमा निर्मित एएसएसपी प्याकेजिङ २५० मिलिलिटर र ५०० मिलिलिटरको भेरियन्टमा उपलब्ध रहेको छ ।

त्यसैगरी, न्यूनतम प्रणाली ब्रेकेजको बाहेक बजारबाट शतप्रतिशत रिकभरीका लागि आरजीबी (रिटर्नेबल ग्लास बोतल)को प्रयोग गरिन्छ । यसलाई शतप्रतिशत रिसाइकल गर्न सकिन्छ । यसबाहेक, कोका–कोलाले सेकेन्डरी प्याकेजिङमा प्लास्टिकको उपयोगलाई कम गर्न विभिन्न आपूर्तिकर्तासँग सहकार्य गरिरहेको छ ।

कोका–कोलाको प्रणालीमा मानिसहरुलाई महत्व दिइन्छ । त्यसैले, यो कार्यक्रम विश्वभरि सन् २०२० सम्ममा ५ मिलियन महिलाहरुको आर्थिक सशक्तिकरण प्राप्त गर्नको लागी सन् २०१० मा शुरू गरिएको थियो । नेपालमा यो छदथद्दण् कार्यक्रमले कोका –कोला प्रणालीको महिलाहरुलाई सशक्त बनाएको छ र महिला खुद्रा विक्रेताहरुलाई शप ट्रेनिंग एण्ड रिर्सोसेज (स्टार) कार्यक्रमको माध्यम बाट अहिलेसम्म देश भरीमा ५२०० भन्दा बढी महिला खुद्रा विक्रेताहरुलाई प्रभावित पारेको छ ।

आफ्नो कार्बन फुटप्रिन्टलाई घटाउने प्रयासमा कोका –कोला नेपालले बर्षौंदेखि उर्जाको उपयोग र ऊर्जा को नन–रिनिवेबल स्रोतहरुमा निर्भरता घटाएको छ। उदाहरण को लागी, कोका–कोलाले बालाजु र भरतपुर दुवै प्लान्टहरुमा सौर्य ऊर्जाबाट संचालित सडकका बत्तीहरु स्थापित गरिएको थियो र अत्यधिक ऊर्जा इफिसियन्ट उपकरण र टेक्नोलोजीमा लगानी गरेको थियो ।

बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डे भने, ‘कोका कोलाको नेपालमा दिगोपनको प्रगति समयभन्दा अगाडि रहेको छ र यो रिपोर्ट एक राम्रो सुरुवात हो, जसले यात्राको क्रममा हाम्रो प्रणालीको प्रयासलाई उजागर गरेको छ । हामीले हाम्रो दिगो व्यापार प्राथमिकतालाई कायम राख्दै नेपालको प्राकृतिक स्रोतहरुमा हाम्रो प्रभावलाई कम गर्न काम गरेका छौं । ईएसजी (पर्यावरण, सामाजिक, प्रशासन) को हामीलाई एकदमै महत्व छ । हामी सरकार, नागरिक समाज, गैरसरकारी संस्था, युवा नेतृत्वको संगठन र मिडियाहरु सबैमा आभारी छौं जसले यस पहलमा हामीसँग साझेदारी गरेका छन् ।’

यसबाहेक, कोरोना भाइरस महामारीबिरुद्धको लडाईमा कोका–कोला फाउन्डेसन (टीसीसीएफ) ले सन् २०२० मा नेपालमा सबैभन्दा धेरै प्रभावित भएकाहरुलाई सहयोग गर्न कोभिड–१९ राहतका उपाय प्रदान गर्न ८ करोड रुपैयाँको प्रतिबद्धता जनाएको थियो । यो राहतको प्रयासलाई क्रिएसन र नेपाल रेडक्रस सोसाइटीको समर्थनमा फोहोर व्यवस्थापन गर्ने र नेपाल भरिका स्वास्थ्य क्षेत्रमा कार्यरत रहेका व्यक्तिहरुलाई केन्द्रित गरिएको थियो । थप जानकारीको लागी, कोका कोला नेपालको सस्टेनेबिलिटी हाइलाइट्स २०२० रिपोर्ट बोटलर्स नेपाल लिमिटेडको वेबसाइट   हेर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL