Logo

वेष्टर्न युनियनमार्फत पठाएको पैसा प्रभु मनि ट्रान्सफरबाट पाउन सकिने, सम्झौतामा हस्ताक्षर

वेष्टर्न युनियनमार्फत पठाएको पैसा प्रभु मनि ट्रान्सफरबाट पाउन सकिने, सम्झौतामा हस्ताक्षर



काठमाडौं । वेष्टर्न युनियन मनि ट्रान्सफर र प्रभु मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ । मंगलबार दुई मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको हो ।

laxmi

उक्त सम्झौतामा वेस्टर्न युनियनको तर्फबाट ऐलेन र प्रभु मनि ट्रान्सफरको तर्फबाट रामेश्वर सापकोटाले हस्ताक्षर गरेका छन् ।

योसँगै विदेशबाट वेष्टर्न युनियनबाट पठाएको पैसा नेपालमा रहेको प्रभु मनि ट्रान्सफरमार्फत नेपालमा रहेको नेपालमा विभिन्न बैंक तथा वित्तिय संस्था, संस्था तथा वालेटहरुमा रहेको ग्राहकहरुको खातामा रकम तत्काल जम्मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL