Logo

नेपाल ल्यूव आयल लिको साधारण सभा सम्पन्न, ३५ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित

नेपाल ल्यूव आयल लिको साधारण सभा सम्पन्न, ३५ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित



काठमाडौं । नेपाल ल्यूब आयल लिको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले हाल विद्यमान कोभिड १९ महामारीको बावजुद पनि कम्पनीले उल्लेखनीय वृद्ध गर्नुको साथै उच्च लाभांश पारित गरेको छ ।

कम्पनीद्धारा यस साधारण सभा मार्फत शेयर धनीहरुलाई ३५ प्रतिशत लाभांश (३० प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको उल्लेखनीय वृद्धि र लाभांस वितरणको शेयरधनीहरुले खुल्ला प्रशंसा गरेका छन् ।

साधारण सभा भर्चुअल तथा स्वयम् उपस्थितीमा सभा संचालन भएको थियो । त्यस सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यबस्थापक समूह र अन्य शेयर धनीहरुको उपस्थिति रहेको थियो । स्वयम् उपस्थितीबाट ५३.१२ प्रतिशत र भर्चुअल माध्यम बाट २५.४९ प्रतिशत गरी ७८.६ प्रतिशत सहभागी रहेको र उपस्थितहरु बिच दुरी कायमका साथै अन्य स्वास्थ्य मापदण्ड पालना गरी सभा सम्पन्न भएको थियो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष श्री अरुण कुमार चौधरीले भने, “नेपाल ल्यूब आयल लिमिटेड, चलिरहेको महामारीले अगाडि राखेका चुनौतीहरुको बावजुद उत्कृष्ट बृद्धि हासिल गर्न सक्षम भएको छ । चालू आर्थिक बर्षको लागी, हामीले गत वर्ष भन्दा विक्री वितरण दोब्बर बनाउने र पूर्वाधारमा लगानी तथा उत्पादन क्षमता तीन गुणा बढाउने लक्ष्य राखेका छौं । यस्तै बजारमा लुब्रीकेन्ट सहित ब्याट्री र सोही प्रकिृतिको सामान रिटेलरहरु मार्फत कारोवार हुने वस्तु टायरको समेत कारोवार गर्ने लक्ष्य लिएका छौ, जस अन्र्तगत ब्याट्री को विक्री वितरण सुरु भैसकेको छ । कम्पनीले आफ्ना उत्पादित र विक्रिवितरण गरिने वस्तूहरुको गुणस्तर र मानव संशाधन विकासको लागी आफ्नो प्रतिबद्धतालाई सदैव मूख्य मार्गदर्शनको रुपमा लिएर अगाडि बढिरहनेछ ।

बैठक पछि एक शेयरधनीले आफ्नो उत्साह साझा गर्दै भने, “१५ बर्ष पहिले, हामीले कम्पनीको भविष्यमा शंका गरेका थियौं, तर विगत ६–७ बर्ष देखि कम्पनीले राम्रो लाभांश वितरण गरीरहेको छ र यस बर्ष कम्पनीले ३५ प्रतिशतको उच्च लाभांश वितरण गरेको छ । यो नेपालको कुनै पनि कम्पनीले देखाएको उत्कृष्ट प्रदर्शन हो, त्यसमा पनि निजिकरण गरिएका कम्पनी र अन्य कम्पनीहरुले पनि व्यापार व्यवसाय स्वच्छ रुपमा कसरी गर्ने र कम्पनी कसरी चलाउने भनेर नेपाल ल्युव आयल लिमिटेडका पदाधिकारीबाट सिक्न सक्दछन भनेर नमूना उद्योगको रुपमा स्थापित गर्न सफल भएको छ भने ।

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री÷वितरण समेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो र यसको ब्राण्डिङ्ग साझेदारीमा म्यानचेष्टर यूनाईटेड फूटबल क्लब, म्याकल्यारेन रेसिङ्ग कार र चेन्नई सूपर सिङ्ग जस्ता आफ्ना क्षेत्रका प्रतिष्ठित र स्थापित नाम संग रहेको छ । त्यस्तै गल्फ लूब्रिकेन्टस् नेपालको समेत मुख्य रुपमा रुचाईएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगटन सफल ब्राण्डको रुपमा चिनिन्छ । गल्फ ब्राण्डका उत्पादनहरुको विविधताले सवै अटोमोबाईल र मेशिनरीहरुलाई समेटन सक्ने गरि व्यापक क्षेत्रमा फैलन सफल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL