Logo

तल्लो इर्खुवा हाइड्रोपावरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

तल्लो इर्खुवा हाइड्रोपावरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त



काठमाडौँ । लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले प्रभावित क्षेत्र भोजपुरका स्थानीयवासी र सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले जारी पुँजीमध्ये १० प्रतिशत अर्थात् सात लाख कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीयवासी र २० प्रतिशत अर्थात् १४ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो।

साधारण सेयर जारी गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ। सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा लोअर इखुवा हाइड्रोपावरका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरे ।

हाल कम्पनीको अधिकृत पुँजी ९० करोड, जारी पुँजी ७० करोड र चुक्ता पुँजी ४९ करोड रुपियाँ रहेको छ। स्थानीय बासिन्दा तथा सर्वसाधारणमा सेयर निष्कासन गरी बाँडफाँड गरेपछि कम्पनीको चुक्ता पुँजी ७० करोड रुपियाँ हुने कम्पनीले जनाएको छ।

लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले भोजपुरको षडानन्द नगरपालिका र साल्पा सिलिचोँ गाउँपालिकामा १३ मेगावाट क्षमता भएको लोअर इर्खुवा जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गरी व्यापारिक विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL