Logo

नेपाल बंगलादेश क्यापिटल तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रारमा नियुक्त

नेपाल बंगलादेश क्यापिटल तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रारमा नियुक्त



काठमाडौं । तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न सेयर रजिष्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड चयन भएको छ । जसमा नेपाल बंगलादेश क्यापिटल तथा तेह्रथुम पावर कम्पनीबीच सम्झौता भएको छ ।
उक्त सम्झौतामा तेह्रथुम पावरका प्रबन्ध सञ्चालक मोहन कुमार डाँगी र नेपाल बंगलादेश क्यापिटलका नायव महाप्रबन्धक रामकुमार महतले हस्ताक्षर गरेका छन् ।

laxmi

हाल तेह्रथुम पावर कम्पनीको प्राथमिक सेयर निष्काशन कार्य सम्पन्न भइसकेको छ भने कम्पनीको चुक्ता पुँजी ४० करोड पुगेको कम्पनीले जनाएको छ । अव छिट्टै नेपाल स्टक एक्सचेञ्जमा सूचिकरण र सीडीएस एन्ड क्लियरिङमा अभौतिकिकरण गरी दोश्रो बजारमा कारोवार हुने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL