Logo

यूरोपका नेपालीले टेरा पेको प्रयोग गरी सीटी एक्सप्रेसमार्फत पैसा पठाउन सक्ने

यूरोपका नेपालीले टेरा पेको प्रयोग गरी सीटी एक्सप्रेसमार्फत पैसा पठाउन सक्ने



काठमाडौं । यूरोपको टेरा पेमेन्ट सर्भिस र सीटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार शुरु भएको छ । यूरोपमा रहेका नेपालीहरुले टेरा पेको सेवा प्रयोग गरी यूरोप तथा ७९ अन्य देशहरुबाट सीटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सीटी एक्सप्रेससँग आबद्ध १२ हजार भन्दा बढि एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिन्छ साथै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाइल वालेटमा लोड गर्न सकिने छ । सम्झौतामा सीटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र टेरा पेका संस्थापक एनि सानेले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL