Logo

ओपोको ‘बडा दशैँको लहर ओपोको अफर’ उपहार योजना, आकर्षक उपहारहरु जित्ने अवसर

ओपोको ‘बडा दशैँको लहर ओपोको अफर’ उपहार योजना, आकर्षक उपहारहरु जित्ने अवसर



काठमाडौं । ओपोले दशैंको अवसर पारेर ‘बडा दशैंको लहर ओपोको अफर’ विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोनलगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर प्राप्त गर्नेछन् ।

सहभागीहरू मध्येबाट हरेक हप्ता लक्की ड्र मार्फत छनोटमा परेका विजेताहरूले ओपो एफ१९ प्रो, ओपो एफ१९, ओपो ब्याण्ड, ओपो डब्लु ५१, ओपो डब्लु ११ लगायत अन्य आकर्षक उपहारहरू जित्न सक्नेछन् । विजेताहरूको घोषणा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरू मार्फत गरिने कम्पनीले जनाएको छ ।

ओपो नेपालका ब्रान्ड डिरेक्टर पियरसन शेनले ग्लोबल कम्पनीका रुपमा ओपोले सधैं नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको छ । उनले नेपालीहरुको महान चाड बडा दशैंको अवसर पारेर उपभोक्तासँग खुशी साट्दै मनाउने सोचका साथ ‘बडा दशैंको लहर ओपोको अफर’ उपहार योजनाको घोषणा गरेको बताए ।

क्याम्पेन अवधिभर कुनैपनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्नेछन् । सहभागिताका लागि उपभोक्ताले ओपो नेपालको साइटमा सिधै लगअन वा क्यूआर कोड स्क्यान गरी क्याम्पेन पेजमा पुगेर त्यहाँ मागिएका जानकारीहरु उपलब्ध गराउनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL