Logo

‘हुन्डाई फेस्टिभ डिलाइट’ अफर सार्वजनिक, गाडी खरिदमा ३ लाखसम्म छुटसहित बम्परमा नयाँ हुन्डाई आई२०

‘हुन्डाई फेस्टिभ डिलाइट’ अफर सार्वजनिक, गाडी खरिदमा ३ लाखसम्म छुटसहित बम्परमा नयाँ हुन्डाई आई२०



काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ योजना ल्याएको छ।

योजनाअन्तर्गत ग्राहकहरुले हरेक हुण्डाई गाडीको खरिदमा लक्की ड्रमार्फत एक जनाले बम्पर उपहारमा नयाँ हुन्डाई आई२० गाडी जित्न सक्नेछन्।

त्यस्तै ३ लाखसम्मको आकर्षक नगद छुटको साथै स्क्रयाच कार्डमार्फत १ लाखसम्मको थप नगद छुट पाउन सकिने कम्पनीले जनाएको छ। यसबाहेक ग्राहकले निशुल्क १ वर्षसम्मको बीमा र सडक कर (चालू आव) समेत प्राप्त गर्न सक्नेछन् ।

साथै हरेक हुण्डाई गाडीको खरिदमा ६ वर्षसम्म निस्शुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सक्नेछन्। लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ। नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL