Logo

जापानी भाषा प्रवीणता परीक्षाको आवेदन शुल्क खल्तीबाट तिर्न सकिने

जापानी भाषा प्रवीणता परीक्षाको आवेदन शुल्क खल्तीबाट तिर्न सकिने



काठमाडौं । खल्तीले जेएएलटीएएनसँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षाको आवेदन फारम शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ । यस पश्चात परीक्षाको फारम भुक्तानी मात्र खल्तीबाट गर्न सकिने छ ।

laxmi

विगतका वर्षहरुमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परिक्षार्थीहरु जेएएलटीएएनको कार्यालय भृकुटीमण्डपमा घण्टौं लाइन लाग्नुपर्ने झन्झट अहिले हटेको छ ।

भुक्तानी सम्बन्धी सम्झौतामा जेएएलटीएएनका अध्यक्ष पूर्ण काजी प्रजापति र खल्ती वालेटका प्रबन्धक जोनाम भुर्तेल बीच हस्ताक्षर भएको छ ।

जेएएलपीटी जापानी भाषा सम्बन्धि ज्ञान परीक्षण गर्ने अन्तराष्ट्रिय संस्था हो । यसमा व्यक्तिको जापानिज भाषा पढ्न, सुन्न र बोल्न सक्ने दक्षताको परीक्षण तथा मुल्यांकन गरिन्छ । उक्त परीक्षण बर्षको एकपटक लिइन्छ । जापानमा रोजगारका लागि जान चाहने प्रत्येकले यसको परीक्षा अनिवार्य उत्तीर्ण गरेको हुनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL