Logo

नोकिया केयर सेन्टर न्यूरोडमा, टेलिटक नेपालको आधिकारिक सेन्टरका रुपमा सञ्चालन

नोकिया केयर सेन्टर न्यूरोडमा, टेलिटक नेपालको आधिकारिक सेन्टरका रुपमा सञ्चालन



काठमाडौं । नेपालमा नोकिया फोनको आधिकारिक वितरक टेलिटक प्राइभेट लिमिटेडले काठमाडौंको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा नोकिया फोन केयर सेन्टर सुचारु गरेको छ ।

नोकिया उत्पादनहरुको बढ्दो मागलाई मध्यनजर गरी वान–स्टप टेक्निकल सपोर्ट प्रदान गर्न यो केयर सेन्टर संचालनमा ल्याइएको टेलिटकले जनाएको छ ।

टेलिटकका निर्देशक प्रतीक जलानले केयर सेन्टरले नोकिया स्मार्ट फोनको मर्मत सम्बन्धी सबै सेवाहरु प्रदान गर्ने बताए । उनले सेवा केन्द्रले जेनुइन स्पेयर पार्ट्स उपलब्ध गराउने पनि बताए ।

हाल बजारमा नोकियाका नयाँ स्मार्ट फोनहरु नोकिया जी१०, जी२० र सी२० उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL