Logo

दराज लाइभले ल्यायो अनलाइन शपिङमा नयाँ क्रान्ति, किन्नुअघि प्रत्यक्ष प्रसारण हेर्ने मौका

दराज लाइभले ल्यायो अनलाइन शपिङमा नयाँ क्रान्ति, किन्नुअघि प्रत्यक्ष प्रसारण हेर्ने मौका



काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले दक्षिण एसियाको पहिलो शपयोग्य लाइभ स्ट्रिम ‘दराज लाइभ’ यही भदौ १६ देखि सुरु भएको घोषणा गरेको छ ।

laxmi

दराज मोबाइल एप्लिकेसनमा उपलब्ध हुने दराज लाइभ, दराजको ‘शपरटेनमेन्ट’ रणनीतिको एक भागको रूपमा पेश गरिएको छ ।
यसमार्फत ग्राहकहरूको लागि पारस्परिक, वास्तविक अनुभव दिलाउनको लागि खुद्रा बिक्री र मनोरञ्जनको समिश्रणमा ध्यान केन्द्रित हुनेछ जहाँ ग्राहकहरु घरै बसी ब्रान्ड, उत्पादनहरूको विस्तृत जानकारी पाउन सक्ने दराजले दावी गरेको छ ।

दराज लाइभ स्ट्रिम दराज मोबाइल एपको माध्यमबाट हरेक सोमबार देखि शुक्रबार सम्म दिनमा तीन फरक समयावधिमा आयोजना गरिनेछ । ग्राहकहरुले दिनमा १२, ४ र ६ बजे दराज एप मार्फत लाइभ हेर्न पाउनेछन् ।

दराज लाइभ सामाजिक मिडिया लाइभ स्ट्रिममा हुने प्रत्यक्ष प्रसारण भन्दा अलि फरक र पृथक हुनेछ र ग्राहकहरुको लागि एक धेरै सहज र अन्तरक्रियात्मक ‘सी नाउ बाई नाउ’को अवधारणा पेस गर्ने बताइएको छ ।

दराज लाइभमार्फत ग्राहकहरूले किनमेलको साथसाथै सामानहरूको विस्तृत जानकारी र मनोरञ्जनात्मक कार्यक्रमको अनुभव प्राप्त गर्नेछन् ।

दराज लाइभको प्रत्यक्ष प्रसारणको प्रत्येक संस्करणमा ग्राहकहरुलाई ब्रान्डको बारेमा प्रचुर जानकारी संकलन गर्नको लागि अदातित्य अवसर प्रदान गर्नेछ, ग्राहक र बिक्रेताले रियल टाइम कुराकानीमा संलग्न हुने सुनौलो अवसर प्रदान गर्ने, आकर्षक र मनोरञ्जनात्मक गतिविधिहरूबाट ग्राहकहरुलाई उपहार र पुरस्कार जित्ने मौका पनि प्रदान गर्ने दराजले जनाएको छ ।

विशेष सम्झौता, थुप्रै उत्पादनहरुको प्रदर्शन, क्यु एण्ड ए, फ्ल्याश सेल्स, अन्बक्सिंग, गिवअवे देखि भाउचर जित्ने मौका जस्तै अरु थुप्रै मौकाहरु ग्राहकहरुले दराज लाइभ मार्फत मज्जा लिन सक्नेछन् ।

यसैगरी दराज लाइभ बिक्रेताहरू लागि ग्राहकहरुसँग सम्बन्ध विस्तार गर्नका लागि एक सुनौलो मञ्च हुनेछ । एक अनलाइन विक्रेताले सामान्यतयामा आफ्नो ग्रहाकसंग गफ गाफ गर्नको लागि धेरै अवसरहरू पाइरहेको हुदैन ।

दराज लाइभ मार्फत विक्रेताहरुले सजिलै आफ्नो ग्राहकहरुसँग अन्तरङ्ग कुराकानी गर्ने अवसर पाउनेछन् साथसाथै आफ्नो ब्रान्डलाई पदोन्नति गर्ने मौका पाउनेछन् । अन्त्यमा यस प्रयोजनाद्वारा बिक्रेताले आफ्नो ग्राहकहरुसँग विश्वास र सम्बन्धको कडी मजबुत रूपमा निर्माण गर्न मद्दत मिल्नेछ ।

दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भने दराज लाइभको परिचय नेपालमा अधिक जीवन्त र समावेशी पारिस्थितिकी तंत्रको निर्माणको लागि अर्को चरण हो। दराज लाइभसंग हामी ग्राहक र विक्रेता बीच सम्बन्धको एक ठूलो स्तर निर्माणमा मद्दत गर्न चाहन्छौं ।

यो संग संगै एक बलियो समुदायको निर्माण गर्न चाहन्छौं जहाँ हरेक व्यक्तिसंग अनलाइन शपिंग सम्बन्धित कुनै पनि जानकारी प्राप्त गर्नको लागि एक प्लेटफर्म होस्। हामी विश्वस्त छौं कि दराज लाइभ त्यो प्लेटफर्म हो। र त्यससँगै हामी आशावादी छौं कि दराज लाइभले ई–कमर्स इकोसिस्टमलाई नयाँ उचाइमा पुग्न मद्दत गर्न ठूलो भूमिका खेल्नेछ ।

एन्ड्रोइड स्मार्टफोन ग्राहकलाई लाइभ स्ट्रीममा सामेल हुनको लागी नवीनतम संस्करणमा आफ्नो दराज एप अपडेट गर्न अनुरोध गरिन्छ । आई ओ यस प्रयोगकर्ताहरूको लागि एप अपडेट ६ सेप्टेम्बरमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL