Logo

प्राञ्जल चालिसे बने ‘ग्लोकल टिन हिरो २०२१’

प्राञ्जल चालिसे बने ‘ग्लोकल टिन हिरो २०२१’



काठमाडौं । काठमाडौंका प्राञ्जल चालिसेले ‘वाइ वाइ ग्लोकल टिन हिरो २०२१’ को उपाधि हात पार्न सफल भएका छन् । ग्लोकलद्वारा आयोजित ‘वाइ वाइ ग्लोकल टिन हिरो २०२१’ का अन्तिम ६ प्रतिस्पर्धाबाट प्राञ्जलले उक्त उपाधि जित्न सफल भएका हुन् ।

laxmi

वाइ वाइ ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी अनुराग चापागाईँ यूटुबर, दीपक सुतिहार सामाजिक उद्यमी, खुस्बु भण्डारी वन्यजन्तु संरक्षणवादी, नेहा गुरुङ सामाजिक अभियन्ता, र प्राञ्जल चालिसे टेक्नोप्रेनर बीच प्रतिस्पर्धा भएको थियो ।

किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाइ वाइ ग्लोकल टिन हिरो’ नेपालको यो सातौं संस्करण हो । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम् अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा बुधबार अनलाइन कार्यक्रमको बीच ग्लोकल टिन हिरो नेपाल, २०२१ को घोषणा भएको हो ।

के गरिरहेका छन् प्राञ्जलले ?

प्राञ्जलले दृष्टि नेपालको आविष्कार गरी दृष्टि बिहिन समुदायलाई मुद्रा बिल पहिचान र नगद लेनदेनमा मद्दत गरिरहेको आयोजकले जनाएको छ । आयोजक ग्लोकलका अनुसार उनले कृषि समाचार र प्रामाणिक स्रोतहरु बाट जानकारी प्रदान गर्ने एक मोबाइल एप निर्माण गरेका छन् जसबाट किसानहरुलाई मद्दत मिलेको छ ।

महिलाहरुको सुरक्षा सुनिश्चित गर्न एवम् सुरक्षा कारणहरूका कारण अवसरहरूबाट वञ्चित हुन नपरोस् भन्नका लागि उनले एक महिला सुरक्षा एप पनि निर्माण गरेका छन् । उनको अन्य दुई शैक्षिक एपहरु छन् जसमा ७५०० प्रयोगकर्ताहरु छन । प्राञ्जलले एक गैर नाफा मुखी टेक्नोलोजी उद्यम ‘ई–शिक्षिका नेपाल’ को शुरुवात गरेका छन, जसले अनलाइन शिक्षाको गुणस्तर बढाउने तथा शैक्षिक स्रोतहरुलाई अझ सुलभ बनाउन मद्दत गर्दछ ।

उनी नेपाल फाउन्डेसन इनिसियटिभ बोर्डको सदस्य हुन् र हाल ब्लक चेन टेक्नोलोजी र स्मार्ट ठेक्काहरु र टेक्नोलोजिकल उन्नतीले विस्तारित लेनदेन प्रक्रियाहरूको लागतलाई कम गर्नको लागि के गर्न सकिन्छ भन्ने अनुसन्धानमा काम गरिरहेका छन् ।

देश भरिका किशोर किशोरीहरूबाट कुल ६११ आवेदन आएकोमा आज अन्तिम ६बाट ग्लोकल टिन हिरो छानिएको आयोजकले जनाएको छ । यस बर्षको निर्णायक टोलीमा युरोपियन युनियनका राजदूत नोना डेप्रेज, गोल्ड स्टारको मार्केटिङ ब्रान्डी र व्यवसाय विकास निर्देशक विधुसी राणा, सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरी, नेपालका लागि कोकाकोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी र ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योति रहेका थिए ।

अन्तिम ६ प्रतिस्पर्धीकोे कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्वार्ता भएको थियो र आजको समारोहमा २०२१ को बिजेता घोषणा गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL