Logo

अब ‘खल्ती’बाट कुनैपनि सहकारीमा निःशुल्क पैसा पठाउन सकिने

अब ‘खल्ती’बाट कुनैपनि सहकारीमा निःशुल्क पैसा पठाउन सकिने



काठमाडौं । खल्ती डिजिटल वालेट बाट अब निःशुल्क कुनै पनि सहकारी अर्थात कोअपरेटिभको खातामा पैसा पठाउन सकिने भएको छ । खल्तीले सम्पूर्ण ग्राहकहरुको लागि खल्तीमा उपलब्ध ४०० भन्दा बढी सहकारी अर्थात कोअपरेटिभ खातामा निःशुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको हो ।

laxmi

यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्तीबाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार र दिनको १ लाखसम्मको रकम निःशुल्क पठाउन वा जम्मा गर्न सक्नेछन् । त्यसैगरी, प्रत्येक महिनाको अधिकतम १० पटक वा लाख ५० हजारसम्मको रकम बिना कुनै सेवा शुल्क खल्तीबाट कुनैपनि सहकारी खातामा ट्रान्सफर गर्न सकिने खल्तीले जनाएको छ ।

खल्ती केवाईसी भेरिफाई गराएको प्रयोगकर्ता, खल्ती पसल, र एजेन्टहरुको हकमा यो अफर लागु हुने पनि खल्तीले जनाएको छ । नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरि खल्ती केवाईसी भेरिफाई गरि उक्त आकर्षक अफरमा सहभागी हुन सकिने खल्तीले जनाएको छ ।

खल्ती सोसियल मिडिया तथा कन्टेन्ट मार्केटिङका वरिष्ठ अधिकारी रोनिका श्रेष्ठले खल्तीबाट घरमै बसी सहकारी संस्थाहरुमा पैसा डिपोजिट गर्न वा सहकारीको ऋण तिर्न सकिने सुविधाबाट ग्राहकहरुको अमूल्य समय बचाउन सक्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL