Logo

हेल्थ एट होमले भित्र्यायो बैदेशिक लगानी, स्वास्थ्य क्षेत्र थप डिजिटलाइज हुँदै

हेल्थ एट होमले भित्र्यायो बैदेशिक लगानी, स्वास्थ्य क्षेत्र थप डिजिटलाइज हुँदै



काठमाडौं । घरघरमा पुगेर उपचार सेवा प्रदान गर्दै आएको हेल्थ एट होम मेड प्रो इन्टरनेशनलले बिजनेस अक्सिजनमार्फत बैदेशिक लगानी भित्र्याएको छ ।

स्वास्थ्य क्षेत्रलाई थप डिजिटलाइज्ड गर्दै घरघरमा पुगेर उपचार गर्ने कार्यलाई अझ विस्तार गर्ने उदेश्यले हेल्थ एट होमले बैदेशिक लगानी भित्राएको हो । यो लगानी आएसँगै घरघरमा पुगेर सेवा गर्ने कार्य आम मानिसको पहुँचमा पुग्ने विश्वास कम्पनीको छ । साथै नयाँ लगानीले जनशक्ति विस्तार र रोजगारी सिर्जनामा पनि नयाँ आयाम ल्याउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

१२ वर्ष अगाडी डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । हाल हेल्थ एट होम मार्फत करिब १० हजार भन्दा बढि घरले स्वास्थ्य सेवा लिइरहेका छन् । हेल्थ एट होममा हाल ४ सय जना भन्दा बढि स्वास्थ्यकर्मी समेत कार्यरत छन् भने हेल्थ एट होमले घरमै पुगेर विरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ ।

कोभिड महामारीका बेलामा समेत बिरामीहरूलाई घरघरमै पुगेर उपचार गर्दै आइरहेको हेल्थ होमले देशव्यापी सञ्जाल बनाउने उद्देश्य सहित उपत्यका बाहिर तीनवटा शाखा मार्फत समेत आफ्नो सेवा दिँदै आएको जनाएको छ ।

बिजनेस अक्सिजन नेपालको पहिलो नीजि इक्विटी कोष हो । यो अन्तराष्ट्रिय वित्त निगम, डीएफआइडी/एफसीडीओ/जलवायु लगानी कोष लगायतको कोषबाट सञ्चालित रहेको अक्सिजन नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL