Logo

‘वाइवाइ ग्लोकल टिन हिरो नेपाल’का प्रतियोगीले गरे युरोपेली संघसँग अन्तरक्रिया

‘वाइवाइ ग्लोकल टिन हिरो नेपाल’का प्रतियोगीले गरे युरोपेली संघसँग अन्तरक्रिया



काठमाडौं । ‘वाइवाइ ग्लोकल टिन हिरो नेपाल’ को सातौं संस्करणमा छानिएका उत्कृष्ट किशोर किशोरीहरुले युरोपेली संघसँग अन्तरक्रिया गरेका छन् । आज सम्पन्न ५ दिने क्षमता निर्माण कार्यशालामा ‘ग्लोकल अन्डर २०’का प्रतियोगीहरुको सहभागिता रहेको थियो ।

laxmi

देशभरका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन यस बर्ष ग्लोकल टीन हिरो नेपाल २०२१ को रणनीतिक साझेदारको रूपमा युरोपेली संघ जोडिएको आयोजकले जनाएको छ । किशोर किशोरीहरुले युरोपेली संघबाट चार्ज दी अफेयर्स स्टेफन माइकोनसँग अन्तरक्रिया गरेका हुन् ।

देश बिकास तर्फ उन्मुख किशोर किशोरीहरुलाई बधाई दिँदै उनले युरोपेली संघले नेपालका लागि गरेका कामहरुको बारेमा जानकारी दिए । उनले यूरोप नेपाल सम्बन्धलाई सुदृढ बनाउने लक्ष्य राखेर नेपाल सरकारसँग सहकार्य गरी विभिन्न भूमिकामा कार्य गरिरहेको बताए ।

उनले एसडीजीको २०३० एजेन्डा प्राप्त गर्नको लागि युरोपेली संघ सदैव तत्पर रहेको र यसका लागि युवा शसक्तीकरण आवश्यक रहेको बताए । किशोर किशोरीबाट आएका प्रश्नहरुको जवाफ दिँदै उनले युवाहरु परिवर्तनको एजेन्ट रहेको र युवाहरुको सहभागितालाई बलियो बनाउन आवाज उठाउन जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL