Logo

भायानेटको पर्पल प्याक, इन्टरनेट, टीभी प्याकेजसँगै एनसेलको ४८ जीबी मोबाइल डाटा सित्तैमा

भायानेटको पर्पल प्याक, इन्टरनेट, टीभी प्याकेजसँगै एनसेलको ४८ जीबी मोबाइल डाटा सित्तैमा



काठमाडौं । भायानेटले एनसेलसँगको सहकार्यमा अल इन वान ‘भायानेट पर्पल प्याक’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ८० एमबीपीएस भायानेट इन्टरनेटमा ग्राहकहरुले १७५ भन्दा बढी च्यानल भएको भाया टीभीसँग–सँगै एनसेल सिम सित्तैमा पाउनेछन् ।

यस सिममार्फत ग्राहकले प्रत्येक महिना ४ जीबीको दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डाटा सित्तैमा पाउने कम्पनीले जनाएको छ ।

यसैगरी, यो सिममार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डाटा जस्ता सुविधाहरु पनि पाउने कम्पनीले जनाएको छ ।

यी सबै सुविधाहरु ग्राहकहरुले जम्मा मासिक १६०० मा पाउन सक्नेछन् । यो अफर भायानेटको १०० एमबीपीएस इन्टरनेटमा पनि उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
MBL