Logo

नेपालबाट सर्वाधिक कार्गो उत्थान गरेवापत कतार एयरवेज सम्मानित, नेपाल कार्गो डे महोत्सवमा सम्मान प्रदान

नेपालबाट सर्वाधिक कार्गो उत्थान गरेवापत कतार एयरवेज सम्मानित, नेपाल कार्गो डे महोत्सवमा सम्मान प्रदान



काठमाडौं । कतार एयरवेज कार्गोलाई नेपाल फ्लाइट फोरवार्डर्स एसोसिएशन (एनईएफएफए)ले सन् २०२०मा देशबाट सर्वाधिक निर्यात टन (२८५० टन) उठाए बापत सम्मान गरेको छ ।

laxmi

एनईएफएफएद्वारा काठमाडौंमा आयोजित बार्षिक नेपाल कार्गो डे महोत्सवमा उक्त सम्मान प्रदान गरिएको हो । देशको निर्यात समर्थनका लागि उल्लेखनीय भूमिका खेल्ने उत्कृष्ट तीन क्यारियर्सलाई सम्मान प्रदान गर्न संघद्वारा हरेक बर्ष अवार्डको आयोजना गर्दै आइरहेको छ । कतार एयरवेज कार्गोले एक दशक भन्दा लामो समयदेखि नेपालबाट सर्वाधिक अप लिफ्टका लागि पहिलो स्थान हात पार्दै आइरहेको छ ।

कतार एयरवेज कार्गोका प्रमुख अधिकारी गुह्यूमो हेलियोक्सले नेपालबाट सर्वाधिक निर्यातका लागि यो अवार्ड पाउँदा गौरवान्वित भएको बताए । उनले ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न हर—सम्भव प्रयास गर्ने सहकर्मी प्रति पनि कृतज्ञ रहेको बताए ।

नेपाल एयरलाइनहरुका लागि एक प्रमुख बजार हो । कम्पनीले सन् १९९७ देखि यसको राजधानी सहर काठमाडौंमा आफ्नो उडान सञ्चालन गर्दै आइरहेको छ । एयरलाइनको निर्यात बजार हिस्सा सन् २०२०मा नेपालबाट हुने समग्र निर्यातको ४५% र आयात ४४% रहेको छ । कतार एयरवेजले हाल अगष्ट महिनाका लागि हरेक हप्ता कार्गोका १५० टन क्षमता सहित हरेक पटक, काठमाडौंमा (टू एन्ड फ्रम) डबल दैनिक उडान भर्दै आइरहेको छ ।

आफ्नो दोहा केन्द्र मार्फत एयरलाइनले नेपाललाई युएसए, यूरोप, अष्ट्रेलिया र एसियामा रहेका महत्वपूर्ण निर्यात गन्तव्यसँग जोडी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL