Logo

‘बजाज खुशीको ३ डोज’ अफर सार्वजनिक, बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकलाई तीन पटक पुरस्कार

‘बजाज खुशीको ३ डोज’ अफर सार्वजनिक, बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकलाई तीन पटक पुरस्कार



काठमाडौं । बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरुले तीन पटकसम्म पुरस्कार पाउने भएका छन् । बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘बजाज खुशीको ३ डोज’ दशैं योजना अन्तर्गत उक्त पुरस्कार दिने भएको हो ।

ग्राहकहरूका लागि रोमाञ्चक योजना र अफरहरु सार्वजनिक गर्दै आएको बजाजले कोभिड-१९ महामारीको समयमा ग्राहकहरू थप खुसी बाढ्न योजना ल्याएको जनाएको छ ।

ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्ने समय र किनेपछि गरी ३ पटक पुरस्कार पाउनेछन् । ग्राहकहरुले बजाज मोटरसाइकल किन्नुभन्दा पहिले १० हजारसम्मको अग्रिम नगद प्राप्त गर्न सक्नेछन् भने खरिदको समय १ लाखसम्मको नगद पाउनेछन् । यसैगरी, ग्राहकले मोटरसाइकल खरिद गरिसकेपछि पनि बम्पर अफरमा १० लाखको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

हंसराज हुलासचन्द एन्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरूका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउँदै आएको बताए । उनले दशैं महोत्सवको अवसरमा उपभोक्ताहरूलाई दोहोरो खुशी दिने प्रयास स्वरुप यो योजना ल्याएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL