Logo

सिटी एक्सप्रेस र बेलायतको ट्यापट्याप सेन्डबीच रेमिट्यान्स कारोबार सुरु, बेलायतबाट पैसा पठाउन सहज

सिटी एक्सप्रेस र बेलायतको ट्यापट्याप सेन्डबीच रेमिट्यान्स कारोबार सुरु, बेलायतबाट पैसा पठाउन सहज



काठमाडौं । बेलायतको ख्यातिप्राप्त ट्यापट्याप सेन्ड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ ।

बेलायतमा रहेका नेपालीहरुले ट्यापट्याप सेन्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नु हुनेछ र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजार भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र छिट्टैनै नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिने छ । साथै हरेक करोबारमा लाभार्थीहरुलाई एसएमएसद्वारा जान्कारी पनि गराईन्छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ट्यापट्याप सेन्डका तर्फबाट निर्देशक माइकल फाएले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL