Logo

बजाज मोटरसाइकलको सुविधा सम्पन्न शोरुम अब धरानमा, यी सेवा उपलब्ध हुने

बजाज मोटरसाइकलको सुविधा सम्पन्न शोरुम अब धरानमा, यी सेवा उपलब्ध हुने



काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले धरानमा नयाँ शोरुम ‘अरबिन एण्ड ब्रदर्स अटो’ संचालनमा ल्याएको छ ।

laxmi

सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले धरानमा पनि शोरुम संचालनमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीले अरबिन एण्ड ब्रदर्स अटोका प्रोप्राइटर अरबिन तामाङलाई डिलरसीप प्रदान गरेको छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL