Logo

श्वेतगंगा हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै, निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

श्वेतगंगा हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै, निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त



काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । रामेछापको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८.१ मे.वा. क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको र उक्त आयोजनामा लगानी गर्न आईपीओ जारी गर्न लागेको जनाएको छ ।

कम्पनीले १ अर्ब ५९ करोड ३० लाखको ३० प्रतिशतले हुन आउने रकम ४७ करोड ७९ लाख बराबरको १०० अंकित दरको ४७ लाख ७९ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारण तथा कर्मचारीलाई जारी गर्न लागेको हो ।

कम्पनीले उक्त प्रयोजनका लागि सानिमा क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र श्वेत–गंगा हाइड्रोपावरका कार्यकारी सञ्चालक डा.सुवर्ण दास श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ के.भी. न्यू खिम्ती सव–स्टेशन मार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । निर्माणाधिन उक्त आयोजनाको निर्माण प्रगति हाल सम्म करिब ७५ प्रतिशतको हाराहारीमा रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL