Logo

बजाजको नयाँ शोरुम धनुषामा : सेल्स, सर्भिस र स्पेयर्स उपलब्ध हुने

बजाजको नयाँ शोरुम धनुषामा : सेल्स, सर्भिस र स्पेयर्स उपलब्ध हुने



काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले धनुषामा नयाँ शोरुम ‘माँ दुर्गा अटोमोबाइल्स’ को उद्घाटन गरेको छ ।

अटो मोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले धनुषामा पनि शोरुम संचालनमा ल्याएको छ ।

यस उद्देश्यलाई सार्थक बनाउन माँ दुर्गा अटोमोबाइल्सका प्रोपराइटर निमर्ला कुमारीलाई डिलरसीप प्रदान गरिएको छ ।

बजाज ग्राहकहरूले खरिद गरेको सामग्रीको अधिकतम मूल्य प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरूलाई बाइकको स्पेयर्स पार्ट्स तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ ।

यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्‍याउने प्रयास गरिरहेको बजाजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL