Logo

यूनाइटेड इन्स्योरेन्सको बीमाशुल्क आर्जनमा ५१.२५ प्रतिशतले वृद्धि, पहिलोपटक अर्ब क्लबमा प्रवेश

यूनाइटेड इन्स्योरेन्सको बीमाशुल्क आर्जनमा ५१.२५ प्रतिशतले वृद्धि, पहिलोपटक अर्ब क्लबमा प्रवेश



काठमाडौँ । यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपालको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आइतबार भर्चुअल माध्यममार्फत सम्पन्न भएको साधारण सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।

साथै कम्पनीको आव ०७७।०७८ को आषाढ मसान्त सम्मको नाफानोक्सान हिसाव, वासलात, नगद प्रभाह विवरणको बारेमा संक्षिप्त जानकारी पनि सो अवसरमा दिइएको कम्पनि सचिव अनिल गुरागाईंले जानकरी दिएका छन् । 

कम्पनीका संचालक समितिको अध्यक्षबाट कम्पनी स्थापना भएको २८औँ वर्षमा कम्पनीले प्रकाशित गरेको आव. ०७७।०७८ को चौथो वित्तीय विवरण अनुसार कम्पनीले बीमाशुल्क आर्जनमा ५१.२५ प्रतिशतले वृद्धि गर्दै पहिलो पटक बीमा क्षेत्रको अर्व क्लबमा प्रवेश गर्न सफल भएको तथा मुनाफा आर्जनमा ३०० प्रतिशत भन्दा बढिले वृद्धि गर्न सफल भएको जानकारी गराएका थिए । कम्पनीको सो सफलतप्रति सम्पूर्ण शेयरधनीहरुले संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद तथा बधाई ज्ञापन गरेका थिए । 

सोहि सभामा कुल बीमाशुल्क आम्दानी रु. ६९ करोड ८९ लाख ३ हजार ९८३ आर्जन भएको र कम्पनीको चुक्ता पुँजी रु ३० करोड २४ लाख मा २४० प्रतिशतले वृद्धि गरी एक अर्ब २ करोड ८१ लाख ६० हजार भएको जानकारी गराइए को थियो ।

साथै, साधारण सभाले आर्थिक वर्ष ०७७।०७८ का लागि बाह्य लेखापरीक्षक एमजिएस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ ।

कम्पनीले आगामी दिनमा कम्पनीको शाखा तथा सेवाको गुणस्तरमा विस्तार गर्दै विकासको पथमा तीव्र गतिमा अगाडि बढ्न शेयरधनीहरुले कम्पनी व्यवस्थापनलाई सुझाव दिएका थिए भने व्यवस्थापनबाट सोहि बमोजिम कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्
MBL