Logo

चिनियाँ मोटरसाइकल हाउजेको शोरुम बनेपामा खुल्दैं, बिक्रीपछिको सेवालाई प्राथमिकतामा

चिनियाँ मोटरसाइकल हाउजेको शोरुम बनेपामा खुल्दैं, बिक्रीपछिको सेवालाई प्राथमिकतामा



काठमाडौं । चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नयाँ शोरुम बनेपाको संगममार्गमा खोल्ने भएको छ । शोरुमको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन हुने कन्सर्नले जनाएको छ । बनेपामा हाउजेको डिलरसिप हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपले प्राप्त गरेको छ ।

बनेपा तथा आसपासका ग्राहकलाई लक्षित गरी हाउजेको डिलर सुरुवात गर्न लागेको हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपका सञ्चालक अर्विण श्रेष्ठले बताए । बनेपा तथा आसपासका क्षेत्रमा हाउजे बाइक लोकप्रिय हुने विश्वास उनले लिएका छन् । बिक्रीपछिको सेवालाई प्राथमिकतामा राख्दै शोरुमबाट सेवा प्रदान गर्ने उनले बताए । शोरुम उद्घाटनका अवसरमा हाउजेका ग्राहकलाई चावी हस्तान्तरण गरिने उनको भनाइ छ ।

चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका मोटरसाइकलहरु नेपाली बजारमा लोकप्रिय रहेको सेल्स एण्ड मार्केटिङ हेड प्रमिला खत्रीले बताइन्। कम्पनीले नेपालका मुख्य शहरमा हाउजेको शोरुम, सर्भिस सेन्टर र पार्ट्ससहितका डिलरहरु विस्तार गरिरहेको छ ।

हाउजेमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ । इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध छ र पार्टस्समेत सर्वसुलभ मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको मुख्य शोरुम काठमाडौंको कमलपोखरीस्थित कृष्ण पाउरोटीसँगै रहेको छ । यीबाहेक काठमाडौं उपत्यकाको टेकु, नयाँबजार र चाबहिलमा हाउजेको शोरुम छन् । उपत्यका वाहिर चितवन, हेटौंडा, पोखरा, इलाम र संखुवासभामा अन्य शोरुम संचालनमा आइसकेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL