Logo

एकैदिन स्कोडा कुशाकको ७५ युनिट डेलिभरी, अब टेस्ट ड्राइभ तथा बुकिङ देशभरका स्कोडा सोरुमबाट गर्न सकिने

एकैदिन स्कोडा कुशाकको ७५ युनिट डेलिभरी, अब टेस्ट ड्राइभ तथा बुकिङ देशभरका स्कोडा सोरुमबाट गर्न सकिने



काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुधबार काठमाडौं लगायत देशभरका शोरुमबाट एकै दिन ७५ वटा नयाँ स्कोडा कुशाक डेलिभरी दिएको छ । एमएडब्लुले बुधबार चर्चित मिडिया व्यक्तित्व डा. समीरमणि दिक्षित, टुटलका सिइओ शिक्षित भट्ट, अभिनेता अनुप विक्रम शाही र भ्लगर सिसन बानियाँलाई पनि नयाँ स्कोडा कुशाक डेलिभरी दिएको हो ।

दुई साताअघि सार्वजनिक गरिएको स्कोडा कुशाक एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध छ । कुशाकले वल्र्ड प्रिमियर भएदेखि नै अटो जगतमा दमदार उपस्थिति जनाइसकेको कम्पनीको दावी छ ।

सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभर रहेका स्कोडा सोरुमबाट गर्न सकिने कम्पनीले जनाएको छ ।

रोबस्ट र मस्कुलर देखिने कुशाकको इन्टेरियर सुन्दरता र आधुनिकताको सम्मीश्रण हो । ड्राइभिङलाई सहज बनाउन यसमा धेरै वटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएका छन् । यसमा कैयौं एक्टिभ र पेसिभ सेफ्टी फिचर छन् जसमध्ये ईएससी सबै भेरियन्टमा स्ट्यान्डार्ड हो ।

एमएडब्लुले कुशाकको ‘वनरसिप’ सहज बनाउन ग्राहक–केन्द्रित न्युनतम ब्याजदर आयोजनाको सार्वजनिक गरेको छ । ग्राहकले अब ५.९९ प्रतिशत ब्याजदरमा पाँच वर्षको ईएमआईमा स्कोडा कुशाक खरिद गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL