Logo

यती र तारा एअरले नियमित एअरलिफ्ट एम्बुलेन्स सेवा दिँदै, मेडिसिटी अस्पतालले दियो प्रशिक्षण

यती र तारा एअरले नियमित एअरलिफ्ट एम्बुलेन्स सेवा दिँदै, मेडिसिटी अस्पतालले दियो प्रशिक्षण



काठमाडौं । यती एअरलाइन्स र तारा एअरलाइन्सले नियमित एअरलिफ्ट एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । यसका लागि यती तथा तारा एअरलाइन्सका कर्मचारीलाई नेपाल मेडिसिटी अस्पतालले प्रि हस्पिटल केयर सम्बन्धी प्रशिक्षण दिएको छ ।

नेपाल मेडिसिटी अस्पताल र यती एअरलाइन्स तथा तारा एअरबीच एयरक्राफ्ट मार्फत बिरामीहरुको उद्धार गर्ने सहकार्य कार्यान्वयनमा आएसँगै सोमबार अस्पतालमा पाइलट र क्याबिन क्रु तथा प्रशासनिक कर्मचारीहरुलाई प्रि हस्पिटल केयर बारे प्रशिक्षण प्रदान गरिएको हो ।

नेपाल मेडिसिटीका प्रि हस्पिटल केयर तथा आकस्मिक उपचार विभाग प्रमुख डा. सञ्जय कार्की तथा इन्फेक्सन कन्ट्रोल नर्स रक्षा अधिकारीले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा एअरलाइन्सका १५ जना कर्मचारी सहभागी रहेका थिए । देशका विभिन्न स्थानबाट बिरामी स्थानान्तरण गर्ने क्रममा के–कस्ता प्रक्रिया तथा सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरिएको अस्पतालले जनाएको छ ।

हाल देशमा हेलीकप्टरबाट तथा चार्टर्ड फ्लाइटबाट बिरामीहरुलाई स्थानान्तरण गर्ने गरिएकोमा अब यती एअरलाइन्स तथा तारा एअरले नियमित एयरलिफ्ट एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । यस व्यवस्थाले बिरामीहरुलाई रात्रिकालिन उद्धार उडान गर्न समेत सहज हुने भएको छ । द्विपक्षिय सम्झौताको कार्यान्वयनसँगै यती तथा ताराका कर्मचारीहरु तथा स्काई क्लबका सदस्यहरुले अस्पतालको सेवामा विशेष सहुलियत समेत प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL