Logo

सन नेपाल लाइफको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, प्रिमियम मूल्यमा आइपीओ निष्काशन प्रस्ताव पारित

सन नेपाल लाइफको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, प्रिमियम मूल्यमा आइपीओ निष्काशन प्रस्ताव पारित



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । साधारण सभाले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सभामा आर्थिक वर्ष ०७५÷७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५÷७६ को लेखापरिक्षण प्रतिवेदन वासलात, नाफा नोक्सान, हिसाब नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचि एनएफआरएस प्रणाली लागु गरी तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित भएको छ ।

त्यसैगरी सभाले स्वतन्त्र विज्ञ संचालमा नितु कयाललाई नियुक्त गरेको छ । हालसम्म कम्पनीले देशभरका २० वटा शाखा कार्यालय तथा १०८ वटा उपशाखा कार्यालयमार्फत आफ्ना बीमितहरुलाई सरल, सहज र उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL