Logo

बजाज पल्सर बन्यो ईपीएलको लागि टाइटल स्पोन्सर

बजाज पल्सर बन्यो ईपीएलको लागि टाइटल स्पोन्सर



काठमाडौं । बजाज पल्सरलाई एभरेस्ट प्रिमियर लिग टी २० क्रिकेट प्रतियोगिताको टाइटल स्पोन्सर भएको छ । प्रतियोगिता आगामी सेप्टेम्बर २५ मा काठमाडौँंको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ ।

laxmi

बजाज पल्सर एभरेस्ट प्रिमियर लिगको नामको रूपमा यो कार्यव्रmमको सञ्चालन हुनेछ । १४ दिने प्रतियोगितामा नेपालका उद्योगपतिहरुको स्वामित्वमा रहेका फ्रेन्चाइजहरु रहेका छन् । टोलीहरुको नाम विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्लेडिएटर्स रहेका छन् ।

जब विश्वव्यापी क्रिकेटका व्यक्तित्वहरु पिचमा उत्रिनेछन् तब यो प्रतियोगिताको स्टेजमा आगो लाग्नेछ । बजाज पल्सर एभरेस्ट प्रिमियर लिग २०२१ का केहि स्टार खेलाडीहरुमा शाहिद अफ्रिदी (पाकिस्तान), शोएब मलिक (पाकिस्तान), कार्लोस ब्रेथवेट (वेस्ट इन्डिज) हरु सामेल रहेका छन् ।

गोल्छा गु्रपका अध्यक्ष श्री शेखर गोल्छाले भने , “बजाज पल्सरलाई सधैं नेपाली युवाहरुले माया गरि दिनु भएको छ । हालैका वर्षहरुमा क्रिकेट पनि नेपाली युवाहरुको जोश बनेको छ । यसैले, हामी नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता ईपीएलको लागि टाइटल स्पन्सर बन्ने निर्णय गरेका छौँ । हामीले सँधै नेपालमा खेलकुदलाई बढावा दिएका छौँ र वर्षौंदेखि खेल पुरस्कारमा प्रायोजन गर्दै आएका छौं । यो एसोसिएसनले पक्कै पनि देश भरीबाट धेरै गुणस्तरीय खेलाडीहरुलाई जन्म दिनेछ, र हामीलाई आशा छ कि उनीहरु पनि राष्ट्रिय टोलीको लागी नयाँ खोजको रुपमा स्थापित हुनेछन् । बजाज पल्सर नेपालमा खेलकुदको विकासको लागि हरदम हरपल प्रतिबद्ध छ र रहिरहने छ । ”

ईपीएलका प्रबन्ध निर्देशक श्री आमिर अख्तरले भने, “ईपीएलले आफ्नो स्थापनाकालदेखि नै नेपाल र विदेशका क्रिकेट प्रेमीहरुबाट ठूलो ध्यान जुटाउन सफल भएको छ; र मार्केटिंग क्षेत्रमा पनि यसको परिणाम स्वरूप प्रभाव देखिएको छ । हामी सधैं पक्का छौं कि जुन ब्रान्डलाई ईपीएलले सधैँ प्रायोजन गर्दछ त्यो ब्रान्डको ईपीएलको समापन पछि सधैँ नै उच्च सम्मान रहन्छ । बजाज – ब्रान्ड उत्कृष्टताको एक उदाहरण हो – र सत्य यो हो कि हामी ईपीएलमा लगातार उत्कृष्टताको लागी प्रयास गरिरहेका हुन्छाँै र हामीलाई आशा छ कि यो एसोसिएसनले सबै सरोकारवालाहरुको लागी सफलता र खुशीको धेरै पलहरु ल्याउँनेछ ।”

बजाज पल्सर सधैं नेपालमा क्रिकेटको समर्थन गर्न उत्सुक छ । यस्तो प्रतियोगिताले युवा क्रिकेटरहरुलाई अवसर प्रदान गरी देशमा खेललाई बढावा दिनमा मद्दत गर्दछ । नेपालमा अत्यन्त लोकप्रिय रहेको यस लिगले युवा खेलाडीहरुलाई अन्तर्राष्ट्रिय प्रतिभासँग खेल्नेको अनुभव प्रदान गर्दछ जसले नेपाली क्रिकेटलाई धेरै फाइदा पुर्याउँनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL