Logo

पठाओको एनिभर्सरी अफर, आज २ मिनेट सित्तैमा ट्याक्सी बुक गर्न सकिने

पठाओको एनिभर्सरी अफर, आज २ मिनेट सित्तैमा ट्याक्सी बुक गर्न सकिने



काठमाडौं । पठाओ कार लाइट (ट्याक्सी) को दोश्रो एनिभर्सरीका दिन आजपठाओ नेपालले सित्तैमा ट्याक्सी बुकिङ गर्न मिल्ने अफर ल्याएको छ ।

दिउँसो २ बजेदेखि २ बजेर २ मिनेटसम्म लागू हुने अफरमा सो अवधिभित्र पठाओको मोबाइल एपमार्फत ट्याक्सी बुकिङ गर्ने सबै सेवाग्राहीले निःशुल्क ट्याक्सी चढ्न पाउने भएका हुन् ।

पछिल्लो समय काठमाडौंमा प्रविधिको सदुपयोग गर्दै पठाओ ट्याक्सीको प्रयोगकर्ता बढेसँगै पठाओमा आवद्ध हुने ट्याक्सीको सङ्ख्या पनि बढेको छ ।

८ हजार ट्याक्सी आवद्ध भएको पठाओ नेपालमा हाल दैनिक २ हजार ५ सयले सक्रिय रूपमा सेवा प्रदान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL