Logo

भिभोको भी २१ ई स्मार्टफोन नेपाली बजारमा, यस्ता छन् विशेषता

भिभोको भी २१ ई स्मार्टफोन नेपाली बजारमा, यस्ता छन् विशेषता



काठमाडौं । भिभोको भी २१ ई प्रोफेसनल स्मार्ट फोन आजदेखि बजारमा उपलब्ध भएको छ । भी २१ ई ४४ एमपीको आई अटो फोकस फ्रन्ट क्यामरा जडान फोन हो । यसमा नाइट पोट्रेट समेत समावेश छ । यसले राम्रो फोटोग्राफी र भिडियोग्राफी गर्न मद्दत गर्ने कम्पनीको दावी छ । भी २१ ई स्मार्ट फोन अगस्ट ८ देखि १० तारिखसम्म खरिद गर्नेले लन्च अफरको रुपमा निःशुल्क इयर बड जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

भीभो को नयाँ उत्पादन भी २१ ईमा उत्कृष्ट फ्रन्ट क्यामेरा र विशेष सफ्टवेयर जस्तै अटो फोकस फिचरका कारण सफा इमेज, बेटर नाइट सट, फोर के गुणस्तरको स्टेबल भिडियो खिच्न सकिने कम्पनीले जनाएको छ । शक्तिशाली ४४ एम.पी.को एफ÷२.० अपार्चरले गर्दा प्रकाश कम भएको ठाउँमा पनि रिजल्ट राम्रो दिने कम्पनीले जनाएको छ । यसमा रहेको डुवल भ्यू भिडियो, स्लो मोशन सेल्फी भिडियो, ४के सेल्फी भिडियो ८ स्टेडी फेश सेल्फी भिडियोले प्रयोगकर्ताले चाहे जस्तो परिणाम दिनेछन् ।

प्रभावशाली ६४ एम.पी. नाइट क्यामेराले उत्कृष्ट इमेज क्वालिटी दिन सक्छ र माइक्रो फोटोग्राफीमा अरु क्यामेरा भन्दा राम्रो परिणाम दिन्छ । वाइड एङ्गल र विशेष कम्प्लेक्स सटको कम्बिनेसनले सबै प्रकारको वातावरणमा गुणस्तरिय फोटोग्राफीको अनुभव प्रदान गर्दछ । फोरके गुणस्तरको इमेज, भिडियो र इलेक्ट्रोनिक इमेज स्टेबीलाइजेसनले उत्पादनलाई सानो साइजमा राख्न मद्दत गर्दछ ।

भी २१ ईलाई क्वालकम स्न्याप ड्रागन ७२० जी प्रोसेसर, ८ जी.वी र्याम र १२८ जी.वी रोम रहेको छ र यसमा ३ जी.वी एक्सटेन्डेबल र्यामको विशेषता रहेको छ । ३३ वाट फ्ल्यास चार्जले उपभोक्तालाई आवश्यक पर्दा क्षमता बढाउन सक्ने बनाइएको छ । यो स्मार्ट फोनको मूल्य ३९ हजार ९ सय ९९ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL