Logo

रेडक्रस र कोका–कोला फाउन्डेशनबीच सहकार्य, खोप अभियानलाई सहयोग पुर्याउने

रेडक्रस र कोका–कोला फाउन्डेशनबीच सहकार्य, खोप अभियानलाई सहयोग पुर्याउने



काठमाडौं । नेपाल रेडक्रस सोसाइटी र कोका–कोला फाउन्डेशन बीच कोभिड–१९ महामारीको बेला फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र स्वयंसेवकहरूको सुरक्षा बढाउन साझेदारी भएको छ ।

यो साझेदारीको उद्देश्य रेडक्रसका स्वयंसेवकहरूलाई नेपाल सरकारको नेतृत्वमा रहेको खोप केन्द्रहरुमा परिचालन गर्नु र शारीरिक रुपमा अपांगता भएका व्यक्तिहरुलाई खोप लगाउन यातायात सुविधा प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।

महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा रेडक्रस स्वास्थ्य सेवा विभागका निर्देशक डा। मनिता राजकर्णिकार र कोका–कोला नेपालका प्रतिनिधिहरुले शिक्षण अस्पतालका डा। रमेश महारनांकलाई सुरक्षा सामग्री हस्तान्तरण गरेका छन् ।

साझेदारी परियोजनाको रूपमा शिक्षण अस्पताल, बलम्बुको सशस्त्र बल, पाटन अस्पताल, जनमैत्री अस्पताल र नेपाल मेडिकल एसोसिएसनका स्वास्थ्य पेशेवरहरुलाई व्यक्तिगत सुरक्षा सामानहरु वितरण गरिएको हो । वितरणमा १२,५०० सर्जिकल मास्क, ५००० जोडी पन्जा, र ९६० बोतल सेनिटाइजर छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL