Logo

रियलमीको ३ वर्षमा १० करोड स्मार्टफोन बिक्री, तिव्र बजार विस्तार गर्ने स्मार्टफोन ब्रान्डका रुपमा स्थापित

रियलमीको ३ वर्षमा १० करोड स्मार्टफोन बिक्री, तिव्र बजार विस्तार गर्ने स्मार्टफोन ब्रान्डका रुपमा स्थापित



काठमाडौं । रियलमीले विश्वभर १० करोड स्मार्ट फोन बिक्री गरेको जनाएको छ । २०२० र २०२१ मा कोभिड महामारीले अर्थतन्त्रमा पारेको प्रभावका बाबजुद रियलमी तिव्र बजार विस्तार गर्ने स्मार्टफोन ब्रान्डका रुपमा स्थापित भएको छ । बजार अध्ययनले ३ वर्षमा सबैभन्दा छिटो लक्ष्यमा पुग्ने स्मार्ट फोन ब्रान्ड रियमली भएको देखाएको हो ।

laxmi

२०२१ को दोस्रो क्वाटरमा सबैभन्दा चाँडो बजार विस्तार गर्ने स्मार्ट फोन ब्रान्डका रुपमा रियलमी देखिएकोमा अन्तर्राष्ट्रिय तथ्याङ्क निगम (आइडीसी)का अनुसार यसको वार्षिक बजार विस्तार दर १४९ प्रतिशत रहेको छ । फाइभजी विस्तारमा आक्रामक देखिएको रियमलीले २०२१ को दोस्रो क्वाटरमा भारतको २२ प्रतिशत हिस्सा ओगटेको काउन्टर पोइन्टको रिपोर्टले देखाएको छ । यसका अतिरिक्त रियलमीले २०२१ को दोस्रो क्वाटरमा १४० प्रतिशतले वार्षिक बजार वृद्धि गरी भारतीय स्मार्ट फोन बजारको चौथो स्थानमा आफूलाई स्थापित गरेको छ ।

विश्वमा रियलमीले गरेको बजार विस्तार र रियलमीको व्यापार रणनीतिलाई यस रिपोर्टले प्रमाणित गरेको छ । ३ वर्ष अघि मात्रै २०१८ मा स्थापित रियलमी हाल विश्वको सातौँ ठूलो स्मार्ट फोन ब्रान्ड बनिसकेकोमा विश्वभर ६१ भिन्न बजारमा उपलब्ध छ भने बंगलादेश र फिलिपिन्समा पहिलो, भारत र रसियामा चौँथौँ र युरोपियन बजारको केही क्षेत्रमा पाँचौँ सहित १३ वटा बजारमा यसको टप ५ स्मार्ट फोन भित्र रहेको छ ।

रियलमीले १० करोड माइल स्टोनका साथ विश्वमा शानदार उपस्थित जनाएको छ । यसअघि नै १२५ वाटको अल्ट्राडार्ट चार्जिङ प्रविधि पहिलो पटक प्रयोग गर्ने र क्वालकम स्न्याप ड्रागन ८८८ प्रोसेसरलाई पहिलो पटक प्रयोगमा ल्याइ रियलमीले आफ्नो एउटा परिचय बनाइसकेको छ । यो फोन ६४ मेगापिक्सल क्यामेरासँग आउँछ । अभm रियलमी फाइभजी फोन २४ हजार भन्दा कम मूल्यमा बेच्ने कम्पनीमा पर्दछ ।

कम्पनीका सइईओ स्काई लिले विश्वमा युवापुस्तालाई लक्षित गर्दै युवा उद्यमीलाई लिएर रियलमीले विभिन्न स्थापित ब्रान्ड निर्माण गरिरहेको बताए । ‘बितेका ३ वर्षमा औद्योगिक भावनाका साथ एउटा उचाई चुम्न रियलमीले ठूलो मिहिनेत गरेको छ,’ लीले भने, ‘हामीलाई साथदिने उपभोक्ता प्रति हामी आभारी छौँ, १० करोड मोबाइल फोन ढुवानी गर्ने हाम्रो लक्ष्यमा हामी पुगेका छौँ ।’

लीले आगामी २०२२ मा १० करोड रियलमीका मोबाइल फोन विक्री गर्ने र २०२३ भित्र संसारभर थप १० करोड स्मार्टफोन सेट ढुवानी गर्ने दोहोरो माइल्स्टोन प्राप्त गर्ने दाबी गरे ।

रियमलीका उपाध्यक्ष तथा भारत तथा युरोपका लागि सीईओ माधव शेठले चुनौतीदेखि उन्नतिसम्मको नाराका साथ रियमली सँधैँ नम्बर वान ब्रान्ड बन्ने लक्ष्य राख्ने र यसमा उपभोक्ताहरूले एक महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL