Logo

सार्कको समापन समारोह, उर्जा सम्बन्धी सम्झौतामा हस्ताक्षर

सार्कको समापन समारोह, उर्जा सम्बन्धी सम्झौतामा हस्ताक्षर


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

११ मंसिर, काठमाडौं । सार्कमा क्षेत्रीयस्तरीय ऊर्जा सहकार्य र विद्युतीकरणको कार्यढाँचा सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङगठन (सार्क)को १८औं शिखर सम्मेलनको समापन सत्रमा उक्त हस्ताक्षर भएको हो ।

समापन सत्र प्रारम्भ भएपछि सार्कका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री सुशील कोइरालाले सदस्य मुलुकका विदेश मन्त्रीहरुलाई सो सम्झौतमा हस्ताक्षर गर्न आग्रह गरेका थिए । उनको आग्रहसँग सम्झौतामा हस्ताक्षर भएको हो ।

सदस्य मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको थियो । सदस्य मुलुकका वैदेशिक तथा बाह्य मामिला मन्त्री परिषद्को ३६औं बैठकले सो सम्झौतालाई पारित गरेको हो ।

नेपालका परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, भारतका बाह्य मामिलामन्त्री श्रीमती सुस्मा स्वराज, अफगानिस्तानका कामु विदेशमन्त्री जरार अहमद ओसमानी, बङगलादेशका विदेशमन्त्री अब्दुल हसन महमुद अली, भुटानका विदेशमन्त्री ल्योन्पो रिञ्जिन दोर्जी, माल्दिभ्सका विदेशमन्त्री सुश्री दुन्या मौमुन, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफका राष्ट्रिय सुरक्षा तथा विदेश मामिला सल्लाहकार सरताज अजिज र श्रीलङकाका बाह्य मामिलामन्त्री प्रा गामिनी लक्ष्मण पेइरिसले हस्ताक्षर गरेका थिए ।

मोटर र रेल्वे सम्बन्धी सम्झौता ३ महिना पछि

सार्क सम्मेलनमा हुने भनिएको मोटर रेल्वे सम्बन्धी सम्झौता आगामी ३ महिना भित्र टुङ्गो लगाइने भएको छ । सम्मेलनमै गर्ने भनिएपनि सो विषयमा पाकिस्तानले फरक मत राखेपछि ३ महिनाको लागि सरेको हो । उक्त समयमा यातायात मन्त्रीहरुबीच बैठक गरी सार्क राष्ट्रबीच मोटर र रेलवे विस्तार गर्ने विषयमा पनि टुंगो लगाइने जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL