Logo

‘बीएसभीआई टीभीएस एनटर्क १२५’ नेपालमा, रेस ट्यून फ्युल इन्जेक्शन मुख्य विशोषता

‘बीएसभीआई टीभीएस एनटर्क १२५’ नेपालमा, रेस ट्यून फ्युल इन्जेक्शन मुख्य विशोषता



काठमाडौं । विश्वमा टु व्हीलर र थ्री व्हीलरको प्रतिष्ठित निर्माता टीभीएस मोटर कम्पनीले आज बीएसभीआई टीभीएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल इन्जेक्शन(आरटीएफआई) स्कूटरलाई नेपालमा ल्याएकोे छ ।

laxmi

कम्पनीले बीएसभीआई एफआई प्लेटफर्मको दुई संस्करणहरू विकसित गरेको छ । यस स्कूटरमा रेसिंग अनुभवका लागि रेस ट्यून फ्युल इन्जेक्शन (आरटीएफआई) टेक्नोलोजी विशेष रूपमा डिजाइन गरिएको कम्पनीले जनाएको छ । टीभीएस एनटर्क नेपालकै सर्बाधिक बिक्री हुने १२५ सीसी प्रिमियम स्कुटरको रुपमा स्थापित भएको कम्पनीले दावी गरेको छ । नयाँ एडिसन स्कूटरमा ५.८.लिटरको फ्युल ट्यांक रहेको छ ।

टीभीएस मोटर कम्पनीका अध्यक्ष आर दिलीपले टीभीएस एनटर्क १२५ले जेनेरेशन जेडको लागि रोचक, शक्तिशाली, जोडिएको अनुभव सिर्जना गरेर नेपालमा स्कूटर उपभोक्ताहरूको अपेक्षालाई नयाँ परिभाषा दिएको बताए । यो नेपालमा सबैभन्दा धेरै मन पराइएको र स्वीकृत स्कूटर ब्रान्डको रूपमा चिनिएको उनले बताए । ​जेएमपीएलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टीभीएस एनटर्क १२५ बीएसभीआईलाई नेपालमा ल्याउन पाउँदा खुसी लागेको बताए । स्मार्ट स्कूटर आरती एफआई समावेशको साथ एक बेस्ट–इन–क्लास स्वामित्वको अनुभव सिर्जना गर्न डिजाइन गरिएको उनको भनाइ छ ।

टिभिएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर हो र यो उद्योगको पहिलो प्रविधि, नयाँ शैली र उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको कम्पनीको दावी छ । स्कूटरले इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी र अन्य टीभीएस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गर्दछ । स्मार्ट कनेक्टले डिजिटल स्पिडोमिटर, नेभिगेशन एसिस्ट, टप स्पीड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर, फोन ब्याट्री स्ट्रेन्थ डिस्प्ले, लास्टपार्क लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र स्ट्रिट र स्पोर्ट लगायतका मल्टि राइड मोड जस्ता सुविधाहरूलाई समेटेको छ ।

यस लन्चको साथमा टीभीएस एनटर्क १२५ पाँच भेरिएन्ट, डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन र सुपरस्क्वाड एडिसनमा उपलब्ध छ । यो म्याट रेड, मेटालिक ग्रे, मेटालिक रेड, मेटालिक निलो रंगमा आउँने कम्पनीले जनाएको छ । रेस एडिसन रेड–ब्ल्याक र एल्लो–ब्ल्याक रंगमा उपलब्ध छ, जब कि सुपर स्क्वाड एडिसन कम्ब्याट ब्लु, इन्भिन्सिबल रेड र स्तिल्थ ब्ल्याक रंगमा –उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL