Logo

चेम्बरले भेट्यो कानुनमन्त्री, घरजग्गा कारोबारका लागि ब्रोकर लाइसेन्सको व्यवस्था गर्न माग

चेम्बरले भेट्यो कानुनमन्त्री, घरजग्गा कारोबारका लागि ब्रोकर लाइसेन्सको व्यवस्था गर्न माग



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र कार्कीसँग भेट गरेको छ । आईतबार चेम्बर अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री कार्कीसँग भेट्दै आफ्ना सुझावहरु राखेको हो ।

laxmi

उक्त भेटमा चेम्बर प्रतिनिधिमण्डलले चेम्बर सम्बद्ध उद्योगी व्यवसायीलाई आयात भएको कम्तिमा १० प्रतिशत खोप उपलब्ध गराउन माग गरेको छ । यस्तै चेम्बर अध्यक्ष राजेन्द्र मल्ले संसदमा विचाराधिन मुद्धाहरुको चाँडो सुनुवाई गरिदिनसमेत आग्रह गरेका छन् ।

साथै उनले हालको खुला बजारमा कालोबजारी ऐन काम नभएकाले यसलाई खारेज गर्नसमेत माग गरेका छन् । चेम्बरले कानुमन्त्रीसमक्ष घरजग्गा खरिद विक्रीमा ब्रोकर लाईसेन्स हुनुपर्ने कानुन ल्याउन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL