Logo

खल्तीले ल्यायो मोबाइल टपअपमा अफर, सर्वाधिक १० प्रतिशत क्यासब्याक दिने

खल्तीले ल्यायो मोबाइल टपअपमा अफर, सर्वाधिक १० प्रतिशत क्यासब्याक दिने



काठमाडौं । खल्तीमा दर्ता गरिएको मोबाइल नम्बर टपअपमा १०% क्यास ब्याक पाइने अफर खल्ती डिजिटल वालेट ले ल्याएको छ । यो अफर टपअप सेवामा हालसम्म नेपाल कै सबै भन्दा बढी प्रदान गरिएको क्यास ब्याक रहेको खल्तीले दावी गरेको छ । 

प्रयोगकर्ताहरूको लागि रहेको यस अफरले मोबाइल टपअप गर्न रिचार्ज कार्ड स्क्र्याच गर्नुपर्ने झन्झटलाई न्युनिकरण गरि ग्राहकहरुको पैसा र समयको बचत गर्न उक्त अफर संचालनमा ल्याइएको खल्तीको ब्रान्ड तथा मार्केटिङ प्रबन्धक शिरिष श्रेष्ठले बताए । 

एनसेल, नेपाल टेलिकम, र स्मार्टको टपअपमा लागु हुने यो अफर अन्तर्गत क्यास ब्याक पाउन जुन नम्बरमा आफ्नो खल्ती आइडी रहेको छ सोहि नम्बर खल्तीबाट रिचार्ज गर्नुपर्ने छ । साथै खल्ती केवाईसी पनि भेरिफाई भएको युजर खाता हुनपर्नेछ । 

यो योजना श्रावण ७ देखि सुरु भई सिमित समयावधि को मात्र लागि हुनेछ । क्यास ब्याक हरेक नेपाली महिना अनुसार एक महिनाको अधिकतम १०० हुनेछ भने त्यसपश्चात् सामान्य रूपमा पाइने १% क्यास ब्याक उपलब्ध हुनेछ । आफ्नो बाहेक अरुको नम्बर रिचार्ज मा पनि सामान्य रूपमा पाइने १% क्यास ब्याक उपलब्ध हुनेछ ।  साथै रिचार्ज गर्दा सम्पूर्ण क्यास ब्याक नदेखिए पनि शर्तहरु पुरा भएको खण्डमा भए ट्रान्जेक्सन हिस्ट्रीमा पुरै क्यास ब्याक पाएको देख्न सकिने खल्तीले जनाएको छ । 

खल्ती एपको टपअप अप्सनमा गई खल्ती आईडीमा रजिस्टर गरिएको मोबाइल नम्बर र रिचार्ज गर्न चाहेको रकम दाखिला गर्ने । सबै विवरण ठिक भएको निश्चित गरि ‘ओके’ बटनमा ट्याप गर्ने तत्पश्चात १०% अफर सम्बन्धि थप शर्तहरु खल्तीको ब्लग मा गई हेर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्
MBL