Logo

प्रभु क्यापिटल लिमिटेडको ‘समर डिम्याट स्किम’ सञ्चालन, डिम्याट र मेरो सेयर निशुल्क

प्रभु क्यापिटल लिमिटेडको ‘समर डिम्याट स्किम’ सञ्चालन, डिम्याट र मेरो सेयर निशुल्क



काठमाडौं । नेपाली पूँजी बजारमा चिरपरिचित प्रभु क्यापिटल लिमिटेडले ‘समर डिम्याट स्किम’ सञ्चालनमा लयाएको छ । डिम्याट सेवामा फरक ढंगबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको र यसै परिप्रेक्ष्यमा ग्राहकहरुलाई डिम्याट सेवा अन्तरगत नयाँ डिम्याट योजना समर डिम्याट स्किम आइतबारबाट बाट सञ्चालनमा ल्याएको क्यापिटलले जनाएको छ ।

laxmi

यस योजनाअन्तरगत ग्राहकले १ वर्षका लागि सित्तैमा डिम्याट खाता र मेरो शेयर प्राप्त गर्नेछन् । यो योजना २०७८ श्रावण ३२ गते सम्म सञ्चालन हुनेछ ।

साथै यस योजना अन्तरगत प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ डिम्याट खाता खोल्नु भएका एवं खाता खोल्नलाई अनलाइनको माध्यमबाट आवेदन गरेका ग्राहकहरुले अरु १० जनालाई यस योजनामा रिफर गरी नयाँ डिम्याट खाता खोलाएमा थप १ वर्षको लागि डिम्याट खाता र मेरो शेयर निःशुल्क प्राप्त गर्नेछन् ।

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभर रहेको शाखाबाट यो योजनाअन्तरगत डिम्याट खाता खोल्न सक्ने बताइएको छ ।

यसका साथै प्रभु क्यापिटलको अनलाइन डिम्याट एप्लिकेसन dematapply.prabhucapital.com बाट समेत डिम्याट खाताको आवेदन दिन सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL