Logo

५० मेवाको मेवाखोला हाईड्रोको लागि जुट्यो लगानी, ७ बैंकले ७ अर्ब लगानी गर्न सम्झौता

५० मेवाको मेवाखोला हाईड्रोको लागि जुट्यो लगानी, ७ बैंकले ७ अर्ब लगानी गर्न सम्झौता



काठमाडौं । मेवाखोला जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ । प्रदेश नम्बर १ को ताप्लेजुङ्ग जिल्लामा निर्माण हुन लागेको ५० मेगावाटको मेवाखोला हाईड्रोपावरलाई लगानी जुटाउन फाइनान्सियल क्लोजर भएको हो । युनाइटेड मेवा खोला हाइड्रोपावर प्रवर्द्धक रहेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैँक इन्टरनेसनलदेखि सिभिल बैंकसम्मले कर्जा लगानी गर्ने भएका हुन् ।

उक्त आयोजनामा सिटिजन्स बैंकको अगुवाईनमा कुमारी बैंक, मेगा बैंक नेपाल, नेपाल इन्फ्रास्ट्रचर बैंक, सिद्धार्थ बैंक, नेपाल एसवीआई बैंक र सिभिल बैँकसहित ७ बैँकहरुले ७ अर्ब रुपैयाँ कर्जा लगानी गर्ने भएका हुन् । जसमा अर्ब ७५ करोड आवधिक कर्जा २५ करोड रुपैयाँ चालु पूँजी कर्जा हुनेछ । ऋण लगानी गर्ने गरी प्रवद्र्धक कम्पनी एवं बैँकहरु बीच मिति विहिबार वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर गरिएको भएको हो।

परियोजनाको अनुमानित लागत करीब ९ अर्ब मा बैंकहरुले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा ६ अर्ब ७५ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्नेछन् । यस मध्ये, सिटिजन्स बैंकबाट १ अर्ब ४५ करोड, कुमारी बैंकबाट १ अर्ब, मेगा बैंक नेपालबाट १ अर्ब, नेपाल इन्फ्रास्ट्रचर बैंकबाट १ अर्ब नेपाल एसवीआई बैंकबाट ८० करोड, सिद्धार्थ बैंकबाट १ अर्ब, र सिभिल बैंक बाट ५० करोड रुपैयाँ लगानी हुनेछ भने २५ प्रतिशत स्वपुँजी प्रवर्द्धकहरुबाट जुटाइने छ ।

आयोजनाको निर्माण आगामी तीन वर्ष भित्रमा नै सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पुरा गरी आयोजना निर्माणाधीन अवस्थामा छ । निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको कोशी कोरिडोर अन्तर्गको ढुङ्गेसाँघु स्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट हिउँदमा ९७ दशमलव ४२४ गिगावाट घन्टा र वर्खामा २०५ दशमलव ५८७ गिगावाट गरी बार्षिक ३०३ दशमलव ०११ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL